Tuesday 21st February 2017

घरभेटी बा : ब्यङग्य कथा

12509135_1721139264764406_6365216521229268581_n

गोपाल बराल -जोरपाटी मणिगाल – होचो होचो, भुँडी  ह्वात्त बाहिर निस्केको, तिघ्रा सुकेको,कपाल फुलेको,तालु खुइलिएको मान्छेको बारेमा कसैले जान्न चाह्यो भने सबैले अड्कल काटि हाल्छन, त्यो मान्छे हाम्रो घरभेटि बा भनेर ।उनको हुलिया बताए पछि यो टोलका मान्छेले नचिन्ने भन्ने कुरै हुदैन ।हुनत घरभेटि बाको राजनीति,समाज सेवा, साहित्यकार,शिक्षाबिद,मानव अधिकारबादी,सहकारी कर्मी लगायतको धेरै हिसाबको परिचय छ टोलमा ।तर पनि उनको जीबिकोपार्जनको मूल श्रोत घर भाडा भएकोले उनलाई भाडाजीबि भन्दा फरक नपर्ला ।पहिला पहिला यो टोलका धेरै जनाको मूल पेशा कृषि थियो ।अहिले धेरैको बाँच्न ेमूल श्रोत भाडानै भएकोले भाडा जीबि भनिएको हो । कहिले काँहि यो पेशामा पनि संकट नपर्ने चाहिं होइन ।यस कर्मको अप्ठ्यारो बेग्लै खालको हुँदो रहेछ ।

गज्जब गज्जबका स्वभावका मान्छेहरु संग संगत गर्नु पर्ने हुन्छ यस क्षेत्रमा कहिले काँही ।कोही घर भेटीभन्दा पनि एक तह माथिका हुन्छन बहालमा बस्नेहरु ।कसले कति वाटको बिजुलीको चिम बाल्योदेखि कति वाटको हिटर बालेर भात पकायो? कति चोटी अनिकालको पानीको धारा खुलै छोडेर दांत माझ्यो ।कति घरमा आफन्त बोलाएर नुहाउने लुगा धुने काम गरायोसम्मका कुरा बुझेर घरभेटीलाई कुरा लगाउने र घरबाट निकाल्न लगाउने ।यी सबै हर्कत र चर्तिकला संझदा त कहिले काँहीं त यो काम पनि गर्दै नगरौं जस्तो लाग्छ ।कोही कोही त महाँका हराम हुन्छन् ।कहिले काँहि घुमघाम गर्न संगै गइयो भने रेष्टूरेण्टमा पसेर मन लाग्दो खाने कुरा मगाउने बिल तिर्ने बेलामा खुसुक्क ट्वाइलेट ेिभत्र छिरेर घरभेटीले बील भुक्तानी नगरुञ्जेल बाहिर नै ननिस्कने ।कोहि कोहि चाहिं भाडा भुक्तानी गर्नु पर्यो कि भुत्तुक्क हुने?घर भाडा माग्दा माग्दा टेलिफोन र मोटर साईकलको पेद्रोलको बिल भाडाको भन्दा बढि हुने खालका ।उहां भने समयमा घर भाडा तिर्न चाहिं पैसा नहुने तर घरमा दिन दिनै भोज भत्तेर गर्नु पर्ने?आफु २।रुपैयाँको कमाइ नगर्ने तर कुनै चाड बाड आयो कि लामो भन्दा लामो किनमेलको सूचि तयार गरेर श्रीमतीको हातमा थमाउने ।बिचरी श्रीमतीले माष्टरी गरेर ल्याएको कमाइले रजाई गर्नु पर्ने?त्यस्ता महोदयलाई चाहिं सानो उपलब्धि हँुदा पनि साथि भाईलाई भोज गर्नु पर्ने,सानो दुःख पर्दा पनि त्यसलाइ बिर्सन भनेर जाँड रक्सिको भोज भत्तेर गराउनु पर्ने?हुन त उसले उसकै श्रीमतीको कमाइ उडाएको हो ।

घरभेटीलाई के को टाउको दुःखाई ?तर पनि महिना महिना दिनसम्म रातदिन खटेर भात भान्साको कोतेधन्धा समेत भ्याइकन, दिउसो श्रीमतीले घाँटी सुकुञ्जेल भुराभरीलाई पढाएर कमाएको ज्याला एकै रातमा स्वाहा पार्दा कसको चित्त नदुःख्ला र?म त भन्छु ति माष्टर्नी नानीले धन्न घर धानेकि छिन् ।घरका भुराभुरीको स्याहार संभार गर्नु पर्ने,घरको भाडा,तिहुन,तमाखु,चामलको जोहो गर्नु पर्ने,केटा केटीेको फी,कापि कलम,को अतिरिक्त बिद्यालयले पठाउने स्वीमिड,बनभोज,स्वास्थ्य जाँचको खर्चको बिलले बिचरीको ढाडै भाँच्छ ।तैपनि ति माष्टर्नी नानीले धन्न घर चलाएकी छिन बा?लोग्नेलाई खुशी पार्न दिउसो बिध्यालयमा खाजा नखाएरै भए पनि लोग्नेलाई सघाएकि छिन ।

कोही कोहीको नियति अचम्मको हँुदो रहेछ ।मेसिन जसरी खट्दा पनि लोग्नेको प्रताडना खप्नै पर्ने ।म जस्तो भए त त्यस्तो बिबेकहिन लोग्नेलाई उहिल्यै छाडेर जोगिनी भएर हिडि सक्थे हुंला ।हुनत मान्छेको जातै त्यस्तो हो। ऊ जहांपनि जसरी पनि वातावरणमा मिलेर बस्न सक्छ ।त्यसैले त मानवशास्त्री समाज शास्त्रीहरुले भनेका होलान (म्यान इज द सर्भाइबल द फिटेष्ट) भनेर ।तर पनि यस्ता अधम मान्छेसंग मिलेर बस्न सक्नु कम चानचुने कुरो होइन ।अर्का एकजनाको परिवार अझ नमुनाको छ ।२जना बुढा बुढी मात्र बस्छन ७०बर्ष उमेरक।टीसकेका ।बुढा मुटुका रोगी छन ।बेला बेलामा उच्च रक्त चापले हैरान पर्छन ।उनलाई चिकित्सकले अमिलो पिरो चिल्लो नखानु ,कामको नाममा ५के.जी. भन्दा गह्रौ बस्तु उचाल्दै नउचाल्नु असजिलो महशुस हुनासाथ तुरुन्त नजिकको चिकित्सालय वा चिकित्सक कहां गई जचाई हाल्नु भनेका छन रे ।तर श्रीमती चाहिं महाँकी बिबेक हिन छिन ।उनलाई त्यस्तो धराप लोग्नेको स्वाश्थ्यसंग भन्दा आफ्नो जिद्दीसंग गहिरो दोस्ती छ ।घरमा बस्ने सबै भाडा वाललाई जमेको ट्याङकीको पानी पिउनु हुन्छ ।उनलाई भने धाराबाट खस्ता खस्तैको पानी गाग्राका गाग्रा भान्सामा हुनु पर्दछ ।त्यस्तो कठ्याङ्ग्रीदो जाडोमा तिनै ५ किलोको भारी उचाल्न नहुने बिरामी लोग्नेले ५तला माथि ओसार्नु पर्छ ।उनीलाई भनें चर्को हाच्घ्यु आउनु हुदैन। त्यही लोग्नेले रात रात भर कुरेर जाग्राम बस्नु पर्छ ।लोग्नेलाई भने उच्च रक्त चापको कारण भान्सा मै ढले पनि स्वाङ्ग पारेको अत्तो लगाइन्छ ।भात भान्साको त कुरै छोडौ उनको हातबाट १कप चिया तकबनेको हामिलाई थाहा छैन ।तर लोभ चाहिं असाध्यै गर्नु पर्ने ।कसैले यसो दाँत कोट्यायो कि उनलाई त्यही कुरो नभै नहुने ।त्यो लोग्नेले जहाँबाट भए पनि तुरुन्त ल्याइदिनै पर्ने ।उहां भने चिकित्सकले खसि बङ्गूरको मासु छुदा पनि नछुनु भनेको छरे भन्छिन ।तर उनैलाई बिबाह,ब्रतबन्धमा ति पदार्थ नभए त भोज, भोज जस्तै लाग्दैन रे ।मुखले त छुन्न भन्छिन तर मौका मिल्ना साथ ल्पाष्टिकको थैलोमा हालेर पटुकामा घुसारी हाल्छिन ।आऽऽऽऽयि थाङ्गने गन्थनहरु छोडि दिऊ ।आफूलाई भाडासित पो सरोकार छ त ।अरुको आनिबानी,पेशा ब्यबसाय सङ्ग के को सरोकार?

खाली आफूलाई घर बेटी बा असल हुनुहुन्छ भनि दिए पुग्छ ।समयमा भाडा तिरे पछि जे सुकै गरुन?चाहे त्यो आफ्नो घर पसलमा लोकल ठर्रारक्सीको ब्यापार गरोस कि?मसाज केन्द्रको साइनबोर्ड राखेर अरु नै थोकको ब्यापार गरोस ।बरु त्यस्तै काम गर्नेहरुले अरुले भन्दा बढि भाडा पनि तिर्छन ।समयमा पनि तिर्छन,अझ मौका मिले छ महिना बर्र्षदिनको अग्रिम नै तिर्छन ।मलाई मैले गर्दा समाजमा कस्तो असर पर्छ? के सरोकार?बिकृति बेथितिको राशमा १मुठी थप्दा र झिक्दा के फरक पर्ला र? भाडामा बस्ने कै कारणले गर्दा टोल छिमेकमा झगडा परिरहे पनि,आफैंलाई दारुपानी पिउनेले दैला करेसामा झाङ्गल झुङ्गूल पारे पनि के मतलव?भाडाजिबीलाई त खाली भाडा कै मात्र सरोकार हुन्छ। “भाङ्ग पेल धतूरो पेल लेऊ मेरी माई ३पाथी तेल”भने झैं प्रशस्त भाडा उठे पुग्दछ भाडाजिबीलाई ।बरु करार सरार नगरिकन दिन पाए झन मज्जा । कि कसो?

लेखक  नेकपा एमाले केन्द्रीय लेखा आयोग  सदश्य हुन 

Published at: November 17, 2016 8:12 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro