लाईट टु हिमालयले रामेछापका विद्यार्थीलाई दियो एक लाख रुपैयाँको बरावरको सामाग्री

admin
प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार १४:०९

रामेछाप । लाईट टु हिमालयले रामेछापको माकादुमस्थित कालिदेवि प्राथमिक विद्यालयलाई र विद्यार्थीलाई १ लाख ४ हजार रुपैयाँको बरावरको सामाग्री सहयोग प्रदान गरेको छ ।

15555583_1659170027442674_780428853_oका अध्यक्ष मणि खतिवडाले माकादुमको कालिदेवि प्रा.वि.का १०४ जना विद्यार्थीलाई कपि,कलम ,खेल समाग्रि सहयोगहरु गरेका हुन । सोही विद्यालयका १६ जना गरिव तथा विपन्न विद्यार्थीहरुलाई जाडोवाट बच्नका लागि न्यानो कपडा समेत पदान गरेका छन ।

ताप्लेजुङमा जन्मिएर उच्च शिक्ष हाशिल गर्ने क्रममा काठमाडौं प्रवेश गरेर हाल पर्यटन ब्यवसायमा आवद्ध खतिवडले आफ्नो कमाईको केही रकम र केही सहयोग जुटाएर विकट क्षेत्रका विद्यार्थीलाई सहयोग गर्ने गरेको र सोही अनुरुप यो पटक यस क्षेत्रका विद्यार्थीलाई सहयो गरेको बताएका छन ।

15423522_1659169820776028_2016669313_nखतिवडाले सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको शिक्षाका लागि लाईट टु हिमालयको तर्फबाट रकम सहयोग गरिएको र भविष्यमा पनि अन्य विद्यालयलाई सहयोग उपलब्ध गराइने प्रतिबद्धता गरेका छन ।


२८ मंसिर २०७३, मंगलवार १४:०९ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्