Saturday 25th February 2017

गीत संगीत मानव जीवनको आवश्यकता हो- सरु गौतम, गायिका

capture

० कहिले देखि यो क्षेत्रमा प्रवेश गर्नुभयो ?
सानै देखी मलाई संगीतप्रति रुची थियो स्कुलमा हुने कार्यक्रमहरुमा गाउथ्यें सबैले मेरो आवाज राम्रो छ भन्नु हुन्थ्यो । २०६५ साल देखी म खुलेर यो क्षेत्रमा प्रबेश गरेको हो ।

० यो क्षेत्रमा आउनु अघिको तपाईको जीवन ?
बिद्यार्थी नै थिए, अरु जस्तै ।15423647_1272911219450704_19051885_n

० आएपछिको उपलब्धी ?
सबैले मेरो आवाजलाई मन पराइदिनु भएको छ । अनि मलाई अनि मेरो आवाजलाई माया गर्ने स्रोताहरु कमाएको छु यही नै हो ठुलो उपलव्धी ।

० यही क्षेत्र रोज्नुको कारण ?
म सँग भएको प्रतिभा अनि मेरो संगीतप्रतिको लगाव र रोजाईको कारण नै हो ।

० यो क्षेत्रमा जम्न कतिको सजिलो छ ?
प्रतिभावान र संगीतको अध्ययन गरेर आउनेलाई सहजै छ ।

० यस क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?
सोचे जस्तो सजिलो छैन तर पेशा नै बनाएपछि सकिन्छ ।

० विकृतिहरु कतिका छन् ?
धेरै नै छन देखासिकी अनि पैसा खर्च गरेर र अध्ययन नगरि लाग्नेहरुले गर्दा विकृति छ ।

० प्रतिस्पर्धा ?
छ तर स्वस्थ्य प्रतिस्पर्धा चैं छैन ।

० यस क्षेत्रका समस्या के देख्नुभएको छ ?
राम्रो अध्ययन नगरि लाग्ने । देखासिकी गर्ने आफ्नो मौलिकपनलाई मार्ने अनि अलि छाडापन बढ्दै गएको छ ।

० समाधान कसरी देख्नुहुन्छ ?
राज्यबाट निती नियम बनाउनु पर्छ अनि राम्रो गीत संगीतहरु मात्र छानेर मिडियाले बजाउनु पर्छ र यस क्षेत्रमा आउनु अघि राम्रोसँग अध्ययन गरी आउनुपर्छ, विकृति भित्र्याउने गित संगीतहरुलाई बहिष्कार गर्नु पर्छ ।

० आगामी योजना ?
गीत संगीतमा निरन्तर लागिरहने अनि नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने ।

० जीवन ?
एउटा यात्रा अनि सिकाई हो ।

० प्रेम ?
सबैलाई आपसमा मिलाउने कसी हो ।

० गीत संगीत ?
मानब जिवन को आश्यकता हो ।

० अन्तमा केही भन्नु छ ?
नेपाली गीत संगीतलाई माया गरी दिनुस् । आगामी दिनहरुमा मलाई यसरि नै साथ र माया दिनु होला सबैलाई धन्यवाद ।

Published at: December 13, 2016 7:57 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro