राष्ट्रियताको लागि फेरि युथ फोर्स ब्युँताउने बेला आएको छ

admin
प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार ०३:३१

सुदर्शन बजगाई – जब जब देशमा संकट पर्छ र देशले परिवर्तन खोजेको हुन्छ तब युवाहरु अघि बडेको हुन्छन  ।संसारका जतिपनी देशहरु विकशित भए ती सबै युवाहरुको जोश जाँगर र सिपले संभव भएको हो । युवाहरु सिर्जनाका संवहक हुन जसको अथक मेहेनत परिश्रमले देशलाई सम्बृद्ध र सामुन्नत नेपाल तर्फ डोराउँछ ।

भनिन्छ युवाहरु बिद्रोहका बन्दुक मात्र होईनन सिर्जनाका संवाहक पनि हुन तर जब सिर्जना गर्ने युवा माथी अन्न्याय हुन्छ तब देशले दुख पाउँछ । दैनिक १६०० को संख्यामा युवाहरु विदेशिएका छन र दिनहु ५-६ लास बाकसमा फर्किरहेको छ । देशमा गरिबी अशिक्षा रोजगारीको अभाव र भ्रस्टाचार ब्याप्त छ । क्रुर राजतन्त्रबाट वाक्क भएका जनताले जना-अन्दोलन मर्फत संघिय लोकतान्त्रिक गणतन्त्रको स्थपना गरे तर खासै त्यसले कागजमा बाहेक कहिँ परिवर्तन ल्याउन सकेन ।

महंगी भ्रस्टाचार र सत्ताको खिचातानीको बिचमा बिदेशीको इशारामा रातारत संविधान संशोधन प्रस्ताब दर्ता हुन्छ र देश दुई कित्तामा बिभाजित भएको छ । हिन्दी भाषालाई कामकाजी भाषा बनाउने , अंगिकृतलाई राज्यको प्रमुख पद दिने, तराईबाट पहाडलाई अलग गर्ने लगाएतका माग देशको हितमा छैन भनेर  बुटवलमा विशाल पर्दशन भएको थियो ।

जनतामा स्थापित र आम युवाको ढुकढुकीमा बस्न सफल युवा संघ रुपन्देहीका अध्यक्ष जो आशा र भरोशाका केन्द्र थिए र बैदेशित हस्तक्षेप बिरुद्द लड्डै थिए उनीमाथी अचानक गोली प्रहार भयो र राष्ट्रियताको पक्षमा उभिनेहरुलाई मदन भण्डारी जसरी मारिए ठिक त्यसैगरी एमालेका स्थापित नेता कार्यकर्ता सिधा्याउनु पर्छ भनेर बिखन्डनकारी लागेको घटना दुर्गा तिवारीको हत्याले प्रमाणित गरेको छ ।

तराईलाई पहाडबाट अलग गराएर जसरी कृमियालाई रसियाले गाभ्यो ठिक त्यदै गरि नेपाललाई भारतको प्रान्त बनाउने योजनाको बिरुद्धमा बुलन्द आवज उठाउने योद्धालाई मारेर कठपुतली सरकारले संविधान संशोधन प्रस्ताव पारित गराउने दिवा सपना देखेको आम नेपालीले बुझेका छन । एउटा मान्छे मर्छ उसकी श्रीमती बिधुवा हुन्छे, उसको परिवार टुहुरो हुन्छ तर जब योद्ध मर्छ देश टुहुरो हुन्छ र जनता सबै ले बरखी बार्छन ठिक त्यसै भएको छ  तिवारी हत्या काण्डले ।

यो घटनाले तिवारीमात्र होइन राष्ट्रियताको पक्षमा उभिने सबै एमाले नेता कार्यकर्ता सुरक्षिछैनन भन्ने पुस्ठी गर्छ । जसरी वाईसियल जत्त्थाले देशमा बितब्ड मच्चाएको बेला युथ फोर्स जन्मिएको थियो आज  फेरि एमालेमाथी र समग्र राष्ट्रियताको पक्षमा उभिनेको सुरक्षामात्र नभएर बिखन्डन को विरुद्धमा लड्ने जत्त्थाको नेतृत्व गर्दै अर्को महेश बस्नेत र अर्को युथ फोर्स जन्मने बेला आएको छ ,देश र जनताको हितमा होइन र ? एउटा दुर्गा मारेपनी हजारौं तिवारीको जन्म भएको छ  र राष्ट्रियता बचाउन र बिखन्डकारीको विरुद्धमा धावा बोल्न फेरि युथ फोर्स ब्युँताउनु आवश्यक भएको छ ।

लेखक सुदर्शन बजगाई युवा संघ काठमाडौका प्रवक्ता हुन ।


७ पुष २०७३, बिहीबार ०३:३१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्