Wednesday 23rd May 2018

फिफा वरियतामा नेपाल दक्षिण एसियाली तीन देश भन्दा अगाडि

७ पुस, काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल यथास्थानमा कायमै छ । तर, दक्षिण एसियाली देशहरुमा नेपालभन्दा पछाडि तीन देश छन् ।

फिफाले बिहीबार सार्वजनिक विश्व वरियतामा नेपाल १८१ औं स्थानमा कायमै छ । बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछाडि परेका छन् । बंगलादेश दु्ई स्थान तलझर्दै १८५ औं स्थानमा छ भने श्रीलंका १९५ औं र पाकिस्तान १९७ औं स्थानमा कायमै छन् ।

दक्षिण एसियाली देशहरुको शीर्ष स्थानमा भारत छ । दुई स्थान माथि उक्लिएको भारत १३५ औं स्थानमा छ भने एक स्थान माथि उक्लिएको अफगानिस्तान १४६ औं स्थानमा छ । माल्दिभ्स १५४ औं स्थानमा कायमै छ भने भुटान एक स्थान तल झरेर १७७ औं स्थानमा पुगेको छ ।

विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ । वरियताको २८ नम्बरसम्म कुनै परिर्वतन भएको छैन । ब्राजिल दोस्रो। जर्मनी तेस्रो, चिली चौथो र बेल्जियम पाँचौं स्थानमा छ ।

फ्रान्स सातौं स्थानमा छ । फिफा वरियतामा उसको यो अहिलेसम्मकै राम्रो अवस्था हो ।

Published at: December 22, 2016 4:13 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..