Monday 21st August 2017

 

लिटल बड र रिम्सलाई शान्ती आदर्श कपको उपाधी

img_0657

जोरपाटीमा रहेको शान्ती आदर्श स्कुलले आयोजना गरेको प्रथम शान्ती आदर्श कपको उपाधी लिटल बड र रिम्स स्कुलले जितेको छ ।img_0444

जोरपाटीको जोरपाटी फुट्सलमा भएको प्रतियोगितामा लिटल बडले पेनाल्टीमा नेपालय स्कुललाई ३-२ गोल अन्तरले र रिम्स स्कुलले नव अरुणिमा स्कुललाई १० का विरुद्ध १ गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।

पहिलो टिचरको फाईनलमा निर्धारित समयमा दुवै टिमले ४-४ गोल गरेपछी खेल पेनाल्टीमा गएको हो ।

प्रतियोगिताको विजयी खेलाडीलाई पुर्व गृह तथा उपप्रधानमन्त्री कृष्ण सिटौला,काङ्रेस नेता कुन्दन काफ्ले,सन्तोश चालिसे,निसानका अध्यक्ष ओम ढकाल र कार्यक्रमका सभापती एवम शान्ति आदर्श स्कुलका प्रधानाध्यापक ऋषिकेश बरालले शिल्ड मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगीता को शिक्षक तर्फ बिरबहादुर धिमाल र विद्यार्थी तर्फ रिम्स स्कुलका सुमन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।img_0479

कार्यक्रमको समापन समारोह संचालन जोरपाटी फुटसलका संचालक श्री बहादुर योगीले गरेका थिए भने बिजयी खेलाडीलाई निसानका अध्यक्ष ओम ढकाल,नेविसंघका महामन्त्री कुन्दन काफ्ले,नेपाली काङ्रेसका क्षेत्रीय सभापती सन्तोस चालिसे, काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला र कार्यक्रमका सभापति ऋषिकेश बरालले शुभकामना मन्तब्य दिएका थिए  ।

Published at: December 25, 2016 10:35 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro