Monday 21st August 2017

 

खेल समाचार

download

(प्रभाषचन्द्र झा) -विराटनगर, ११ पुस । मोरङको टङ्कीसिनुवारीमा जारी पुरुष कबड्डी प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चल, एपिएफ र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमाञ्चललाई ३८–२४ अङ्कले पछि पार्दै पश्चिमाञ्चलले सेमिफाइनल यात्रा तय गरेको हो । एपिएफ टोलीले पूर्वाञ्चललाई ४५–३३ अङ्क र मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ६५–३४ अङ्कले पछि पारेको थियो । नेपाली सेनाले यसअघि नै वाकओभर पाएर सेमिफाइनलमा पुगिसकेको छ ।

पुरुष क्रिकेटमा सेना र प्रहरी

मोरङको वैजनाथपुरमा जारी पुरुष क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाली सेना र नेपाल प्रहरी विजयी भएका छन् । पहिलो खेलमा सेनाले मध्यपश्चिमाञ्चललाई ३० रनले पराजित गर्दै जित हात पारेको हो । मध्यपश्चिमले टस जितेर बलिङ रोजेपछि ब्याटिङ थालेको सेनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५७ रन जोडेको थियो ।

एक सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मध्यपश्चिम पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २७ रनमा सीमित भयो ।

यस्तै दोस्रो खेलमा पूर्वाञ्चललाई ५० रनले पराजित गर्दै नेपाल प्रहरी विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको प्रहरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १४४ रन बनाउन सफल भयो । जवाफमा १४५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले निर्धारित ओभरमा सबै विकेट गुमाई ९४ रन मात्र जोड्न सक्यो ।

हक्कीमा मध्यमाञ्चल र सुप

विराटनगरको दिल्ली पब्लिक स्कुलमा जारी पुरुष हक्की प्रतियोगितामा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको पुरुषतर्फको पहिलो खेलमा पश्चिमाञ्चललाई २–१ गोल अन्तरले हराउँदै मध्यमाञ्चलले सेमिफाइनलको यात्रा तय गरेको हो ।

यस्तै पुरुषतर्फकै दोस्रो खेलमा पूर्वाञ्चललाई ६–० गोलले पराजित गर्दै सुदूरपश्चिमाञ्चल सेमिफाइलनमा पुगेको हो ।

यता महिलातर्फको पहिलो खेलमा नेपाली सेना मध्यमाञ्चललाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै महिलातर्फको दोस्रो खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ९–० ले हराएको छ । रासस

Published at: December 26, 2016 8:44 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro