Wednesday 23rd May 2018

यातायात कार्यालयमा सेवाग्राहीको भीड कम

ललितपुर, १२ पुस । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र शाखामा सेवाग्राहीको भीड कम भएको छ ।

आइतबारदेखि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अनलाइनबाट सवारी चालक अनुमतिपत्रको फाराम सङ्कलन गर्न थालेपछि सेवाग्राहीको भीड कम भएको हो । सेवाग्राहीले आधारातदेखि लाममा बस्नुपर्ने बाध्यताबाट समेत छुट पाएका छन् ।

आइतबारदेखि सेवा सुरु भएपछि सोमबार बिहानैदेखि लाम नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयले ५०० जना सेवाग्राहीलाई समय दिएर थप कामका लागि कार्यालय बोलाएर सेवा दिन थालेको छ । उहाँले भन्नुभयो – “आज कार्यालय समय सुरु भएपछि मात्रै सेवाग्राही आउन थालेका हुन् ।” यसअघि सेवाग्राही बिहान २÷३ बजेदेखि नै लाम बस्ने गरेका थिए । बिहान सबेरै लाम बस्ने सेवाग्राहीको समेत अपराह्न मात्रै पालो आउने गर्दथ्यो ।

अनलाइनबाट फाराम भरेपछि सेवाग्राहीले स्वास्थ्य जाँच र राजस्व बुझाउन मात्रै कार्यालय आइपुगेका हुन् । यी कामका लागि लाम भए पनि फाराम भर्न दिनभरको समय नलाग्ने कार्यालयको दाबी छ । अनलाइनबाट फाराम भरेर समय पाएका सेवाग्राही मात्रै सोमबार कार्यालय पुगेका थिए । उहाँले भन्नुभयो – “सेवाग्राही र कार्यालय दुवैलाई सजिलो भएको छ ।”

सेवाग्राहीले हैरानी पाएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको निर्देशनमा अनलाइनबाट फाराम भर्ने प्रवन्ध मिलाइएको हो । रासस

Published at: December 27, 2016 4:12 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..