श्रीलंकाका पूर्वप्रधानमन्त्रीको निधन

admin
प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार १७:५८

श्रीलंकका पूर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको मङ्गलबार ८३ बर्षको उमेरमा निधन भएको छ।

अस्पतालमा उपचार गराईरहेका बेला उनको निधन भएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन्।

विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए।

सन् १९६० मा राजनीतिमा प्रवेश गरेका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित भएका थिए।

उनी सन् १९७०मा न्याय उपमन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि सन् १९९४ को आम निर्वाचनबाट संसदमा निर्वाचित भएपछि उनी सार्वजनिक प्रशासन, गृह र चिया उद्योग मन्त्री बनेका थिए। रासस/ सिन्ह्वा


१२ पुष २०७३, मंगलवार १७:५८ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्