Tuesday 21st February 2017

यी हुन् सन् २०१६ का चर्चित १९ तस्बिरहरु: बाराक ओबामादेखि सिरियाका बालकसम्म

1040490495
काठमाडौं, १४ पुस। सन् २०१६को १४ नोभेम्बरमा सन् १९४८ पछि पृथ्वीबाट सबैभन्दा नजिकबाट देखिएको ‘सुपरमून’। यो तस्बिर नेपालको स्वयम्भूबाट फोटो पत्रकार प्रकाश माथेमाले एपीएफका लागि खिचेका थिए।

सन् २०१६ को सुरुवातदेखि अन्त्यसम्म धेरे उताबचढाव देखियो। वर्ष २०१६ कै सुरुवातमा दक्षिण अमेरिकाका देश जीका भाइरसले धेरै संख्यामा नवजात शिशुहरुलाई आफंनो आक्रमणको सिकार बनायो। यसकारण बालबालिकाले दिमाग पूरै तरिकाले विकसित हुन नपाइकनै जन्म लिनु पर्यो।

जीकालाई डरलाग्दो माइक्रोसेफ़ैली भनेर चिनियो। ब्राजिलले सन् २०१५ सम्म जीका प्रभावित बालबालिकाको जन्म भएको तथ्याङ पेश गरेपछि विश्व स्वास्थ्य संगठनले माइक्रोसेफ़ैलीलाई अन्तराष्ट्रिय रुपमै स्वास्थ्य क्षेत्रमा संकटग्रस् भनेर घोषणा गरिदियो।

यस्तै सन् २०१६को जनवरीमा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार डोनल्ड ट्रंपले मेसाच्युसेट्सका समर्थकलाई अभिवादन गरेका बेला समर्थक खुशीले गदगद भएका थिए। फलस्वरुप उनै ट्रम्पले अन्तिममा राष्ट्रपतिको चुनाव जिते।

यस्तै मार्च महिनामा अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा उनी पत्‍नी मिसेल अर्जेन्टिनाको भ्रमणमा निक्लिएका सहभागी भएका थिए। उनीहरु अर्जेन्टिनाको राजकीय भोजमा त्यहाँको राष्ट्रपतिको आग्रहमा नृत्‍य गरेका थिए। ओबामाले समकक्षी राष्ट्रपतिकी पत्नीसँग र मिसलले अर्जेन्टिनाको राष्ट्रपतिसँग नाचेका थिए।

अमरीकी राज्य न्यूयोर्कको बेटन रुजमा ब्लक लाइभ्स म्याटर आन्दोलनको दौरानमा ९ जुलाईमा एक युवतीले प्रहरीलाई तानेर आफू सामुन्‍ने उभ्याएकी थिइन्। त्यो तस्बिर सामाजिक सञ्‍चारमाध्यम भाइरल भएको थियो। त्यसपछि एउटा युवक पुलिसको गोलाबारीमा मृत्यु पश्‍चात आन्दोलन झन चर्किएको थियो।

११ जुलाईमा न्यूयोर्कमा आकाशलाई छोएजस्तै घरको बीचमा सूर्यको किरण आएको दृश्यले सबैलाई मनमोहक बनाएको थियो। मानिसहरुले यसको तुलना बेलायतको स्टोनहेन्जभन्दा पनि मेनस्टोनहेन्जको नाम जोडिदिए।

टर्कीको राजधानी इस्तानबुलमा बास्फोरस पुलमा राष्ट्रपति रीचेप तैयप अर्दोआन तथा विद्रोही सैनिकको बीचमा झडपमा भएको थियो। त्यही झडपमा परेको युवाको तस्बिर पनि चर्चित भएको थियो। यो पुलले युरोप र एसियालाई जोड्‍ने गर्दछ।

यस्तै चीनको हुनान प्रान्तको थ्यानमेन पहाडको किनारमा सय मिटर लामो सिसाको बाटो बन्यो। जुन मानिसकोहरुको आकर्षणको गन्त्यव्य बनेको छ।

त्यही वर्ष ११ जनवरीमा बेलायतका चर्चित गायक डेविड बोईको निधन भएको थियो।उनलाई मन पराउने दक्षिण लण्डनको ब्रैक्सटनमा उनको जन्मस्थानमा ठूलो कार्यक्रमको आयोजना गरियो। स्थानीय परिषदले उसको चित्र सुरक्षित राख्‍ने निर्णय गरेका थिए।

ल्याटिन अमेरिकी गायक वियोन्सी लोल्सले लस एन्जल्समा ब्ल्याक इन्टरटेनमेन्ट टेलिभिजनको पुरस्कार वितरण समारोहमा आफ्नो गीत ‘फ्रिडम विद द केड्रिक ल्यामर’ प्रस्तुत गरेका थिए। यसको लागि उनलाई पनि ठूलो पुरस्कारले सम्मान गरिएको थियो।

संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीका अनुसार सन् २०१६मा भूमध्य सागर तर्नेक्रममा ३ हजार ८ सय आप्रवासीको डुबेर मृत्यु भएको थियो।

रियो ओलम्पिकमा ५ हजार मिटर दौडमा न्यूजिल्याण्डका निकी ह्याबलिन अमेरिकी एथलीट एबी डी अगस्टीनोसँग ठोकिएर खसेकी थिइन तर
अगस्टीनोले निकीलाई मद्दत गरेकी थिइन्। उक्त तस्बिरलाई लिएर उनीहरुको धेरै प्रसंसा गरियो।

यस्तो रियो ओलम्पिककै दौडमा सय मिटर फर्राटे को फाइलनमा जमैकाका उसेन बोल्ट क्यामरालाई हेरेर मुस्कुराउन छोडेनन। पछि उनले फाइनलमा ९.८१ सेकेण्डमा पूरा गरेर तेस्रो पटक ओलम्पिक गोल्ड मेडल जितेका थिए।

रगत र गोलीबारीको बीचमा रहेका पाँच वर्षीया सिरियन बालक ओमरान दक़नीश। सिरियाको अलेप्पोमा भएको हवाई आक्रमणमा ढलेको घरबाट उनलाई निकालिएको थियो। उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

लोकतान्त्रिक गणराज्य कंगोको उत्तरी किबु प्रान्तमा अगस्ट महिनामा जातीय हिंसामा परी ३० जनाको मृत्यु भएको थियो।

सिरियाको अलेप्पो शहरमा ११ सेप्टेम्बरमा भएको आत्‍मघाती हवाइ हमलामा भत्किएको घरबाट निकालिएको शिशुको सुरक्षित स्थानमा लैजाँदै गरेको तस्बिरले सबैको मन छोएको थियो।

भारतको मुम्बईमा गणेश बिसर्जन गर्दै गरेको तस्बिरले पनि विश्‍वभर चर्चा कमाएको थियो।

आफैलाई इस्लामिक स्टेट भनेर चिनाउने चरमपन्थी संगठनको कब्जामा रहेको इराकी शहर मोसुललाई स्वतन्त्र अभियानका क्रममा ११ अक्टोबरमा सुरु गरिएको थियो। जसमा हजारौ मानिसको मृत्यु भएको थियो।

बेलायतकी माहारानी एलिजाबेथ द्वितीले मूर्तिको अनावरण कार्य सकेपछि पौंडबरीको एक सुपर मार्केटमा अवलोक गर्दै। उक्त गाउँ डिज़ायन प्रिंस चार्ल्सले बनाएकी थिइन्।

(एजेन्सीको सहयोगमा मिडियाएनपीबाट)

Published at: December 29, 2016 2:50 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro