Tuesday 26th September 2017

 

अमेरिकामा नेपाली विद्यार्थीले वर्क परमिट पाउने

america

१५ पुस, न्यूयोर्क । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूले थप डेढ वर्ष काम गर्न अनुमति पत्र (वर्क परमिट) पाउने भएका छन् ।

अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ०७२ वैशाखको भूकम्पपछि अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलार्इ प्रदान गर्दै आएको सहुलियतको अवधि लम्ब्याएको हो ।

भूकम्पबाट नेपाली परिवार प्रभावित हुँदा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै यो सहुलियत दिइएको थियो ।अब यो सहुलियत मंगलबारदेखि लागू भएको छ र २४ जुन २०१८ सम्म कायम रहनेछ ।

यसअघि नेपाली विद्यार्थीहरुले सातामा २० घन्टाभन्दा बढी काम गर्न पाउँदैनथे भने क्याम्पसभित्र मात्र काम गर्न पाउँथे । तर, यो सहुलियतपछि एफ-१ भिसा लिएर नेपाली विद्यार्थीहरुले क्याम्पस बाहिर काम गर्न आवेदन दिन सक्नेछन् ।

सहुलियतका लागि नेपाली विद्यार्थीहरुले आवेदन दिनु पर्नेछ । तर, नेपालमा भूकम्प गएको दिन (२०१५ को अप्रिल २५) वा त्यसभन्दा अघिदेखि नै अमेरिकामा पढिरहेको हुनुपर्नेछ ।

अमेरिकी सरकारी तथ्यांक अनुसार ९ हजारभन्दा बढी नेपाली विद्यार्थीसँग एफ-१ भिसा छ ।

भूकम्पको प्रभावलाई मध्यनजर गर्दै अमेरिकी सरकारले गत कार्तिकमा नेपाली आप्रवासीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’ (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो ।

Published at: December 30, 2016 2:12 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro