Saturday 25th February 2017

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

emmanuel-niyonkuru-624x450

नैरोवी, १७ पुस । बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ ।

पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिनुभयो ।

वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले ट्विटरमा जानकारी दिनु भएको छ ।

घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गर्नु हुदै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् । रासस÷एएफपी

Published at: January 1, 2017 1:04 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro