Wednesday 23rd May 2018

खम्बामा मोटरसाइकल ठोक्किएर मृत्यु

धनुषा, १७ पुस । सडक छेउको खम्बामा मोटरसाइकल ठोक्किएर क्षिरेश्वरनाथ नगरपालिका– ८ हरैयाका ४० वर्षीय जितेन्द्र यादवको घटनास्थलमै मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार शनिबार राति १ बजे ज ७ प ३८४५ नंको मोटरसाइकलमा यादव जनकपुरबाट घर जान लागेका बेला जनकपुरको पिंडारीचोक नजिक सडक छेउको खम्बामा ठोक्किएर उनको घटनास्थलमै मृत्यु भएको हो ।

शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । रासस

Published at: January 1, 2017 3:22 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..