Friday 27th April 2018

भारत र पाकिस्तानद्वारा आणविक हतियार सूचीबारे आदानप्रदान

नयाँ दिल्ली, १७ पुस । नयाँ दिल्ली र इस्लामावादबीच आइतबार दुई देशमा भएका आणविक हतियार सूचीको आदानप्रदान भएको भारतीय अधिकारीले जनाएका छन् ।

दुई देशबीच भएको द्विपक्षीय सम्झौता, जसले एक अर्कालाई आणविक हतियारको गलत प्रयोग गर्न निषेध गरेको छ सोही अनुसार सूचीको आदानप्रदान भएको हो ।

दुवै देशका कूटनीतिज्ञबीच एकै समयमा नयाँ दिल्ली र इस्लामावादमा आणविक सूचीको आदानप्रदान गरिएको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ । दुई देशबीच आणविक हतियार सूचीको आदानप्रदान हरेक वर्ष जनवारी १ मा हुने गर्छ ।

सन् १९८८ को डिसेम्बर ३१ मा आणविक हतियारबारे सम्झौता भई यसलाई सन् १९९१ को जनवरीदेखि कार्यान्वयनमा लगिएको हो । रासस÷सिन्ह्वा

Published at: January 2, 2017 2:11 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु