Saturday 25th February 2017

गोलीप्रहार गरी पाँच लाख लुटपाट

उर्लाबारी (मोरङ)-मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।
राती ८ः३० बजेतिर को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो ।

गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।

दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुईवटा मोटरसाइकलमा चारजनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ । रासस

Published at: January 3, 2017 12:56 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro