Monday 21st August 2017

 

भेनेजुएलामा हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता

कराकस, १९ पुस । भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् ।

युनियन रेडियो नामक स्थानीय सञ्चार माध्यमका वरिष्ठ अधिकारी लिबोरिओ गुआरुल्लासँग लिएको एक टेलिफोन अन्तर्वार्तामा उडीरहेकै अवस्थामा हेलिकप्टर खसेको बताउनु भएको छ ।
हेलिकोप्टरमा दुर्घटना भएको पुष्टि भएता पनि यसमा सवार रहेका आठ जना सुरक्षाकर्मी, पाँच सर्वसाधारण सहित १३ जनाको अवस्था अज्ञात भएको जनाइएको छ ।

दुर्घटना हुनेवित्तकै स्थानीय समुदायको सहभागीतामा खोजी कार्य सुरु गरिएको थियो ।
गुआरुल्लाका अनुसार विमान के कसरी दुर्घटना भयो भन्ने बारेमा विस्तृत विवरण थाहा नभएको तर उडिरहेको विमाान खसेकोसम्म पुष्टि भएको बताउनु भएको छ ।

उहाँले आफुहरु आधिकारीक जानकारीको प्रतिक्षामा रहेकोसमेत बताउनु भएको छ । रासस÷सिन्ह्वा

Published at: January 3, 2017 1:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro