Monday 21st August 2017

 

बाबुराम भट्टराईलाई दिनेश डिसीको खुल्लापत्र , गिरी र भण्डारीको आक्रोश

dineshdc3

पौष १७, काठमाण्डौ । जनवरी १ देखि पश्चिमेली देशहरुमा क्यालेण्डर परिवर्तन हुन्छ। क्यालेण्डर परिवर्तन गर्ने दिनलाई हरेक देशमा नयाँ वर्षको तथा पर्वको रुपमा मनाइन्छ । सन् २०१७ को जनवरी १ पनि भर्खरै सकिएको छ र पश्चिमेली सभ्यताका देशहरुमा यो पर्व धुमधामले मनाइयो पनि । नेपालमा समेत यस दिनलाई पर्वका रुपमा मनाइनेको संख्या पनि निकै ठूलो छ । तथापि आयातित सभ्यतामा मात्र रमाएर सन्ततीहरुलाई पश्चिमेली संस्कारमा हिंड्न सिकाउँदा राष्ट्रियतामा दाग नलाग्ला भन्न सकिन्न ।

जनवरी१ पनि मनाइयोस् देशको राष्ट्रियता झल्कियोस् भन्ने उदेश्यले जनवरी १ लाई ‘टोपी दिवस’का रुपमा मनाउँन थालिएको धेरै वर्ष भएको छैन । केहि वर्षको अन्तरालमै टोपी दिवसले लोकप्रियता पाइरहेको छ ।तर जनतालाई मिलेर बस्नु पर्छ, एकले अर्काको धर्मसंस्कृतिलाई आदर गर्दै आफ्नो पहिचानलाई संरक्षण गर्नुपर्छ भनेर नेता तथा नेतृत्व वर्गले सिकाउनु पर्नेमा यस्तो हुन सकेको छैन ।

नयाँ शक्ति पार्टीका संयोजक बाबुरामा भट्टराईले विश्वभर छरिएर रहेका नेपालीहरुले टोपी दिवस मनाइरहँदा राजाको श्रीपेच नै खोसे झैं खेद व्यक्त गरेका छन् । भट्टराईले सामाजिक सञ्जालमा ट्विट गर्दै”टोपी दिवस रे अब बख्खु दिवस धोती दिवस … संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृतिक स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज ?”भनेर प्रतिप्रश्न गर्दै टोपी दिवसको खेद गरेका छन् ।

बाबुरामको यस्तो पहिचान विरोधी आशय देखेपछि राष्ट्रलाई माया गर्ने कसैले सहन सक्दैन । जसरी बाबुरामलाई टोपी दिवस मनाउँदा टाउको दुख्यो त्यसरी नै उनको आशय बुझेपछि आम नेपालीलाई टाउको दुखेको छ ।

यस बिषयमा आवाजका दुनियाँका साथीको उपनामले चिनिएका बहुमुखि कला धनि दिनेश डिसीले पनि बाबुरामको भनाईमा आपत्ती जनाउँदै जवाफ माग्दै फेसबुक मार्फत खुल्लापत्र लेखेका छन् | बाबुरामले राजनीतिका नाममा गर्दै आएका अपराध र गलत कदमका स्मरण गर्दै बाबुरामको भनाईप्रति डिसीले फेसबुकमार्फत टोपी लगाएर के-के कहाँ-कहॉ र क-कस्लाई चोट पुराए ? जबाव दिनुहुन्छकी ? भन्दै जवाफ मागेका छन् ।

डिसीको स्टाटस यस्तो छ: “बाबुरामजी, आज विश्व भर रहेका धेरै नेपालीले टोपी दिवस मनाऊँदा तपाईलाई टाउको किन दुख्यो ? तपाईले ट्वीट गरेजस्तो हामीले टोपी दिवस मनाऊंदा बहु-जातीय, बहु-सांस्कृतिक सोचलाई कहाँनिर ठेस पुग्यो ? टोपी दिवस मनाउंदा बहु सांस्कृतिक भावमा चोट पुग्छ भने त झन ल्होसार, छठ, दंशै, तिहार, होली, शिवरात्रि, सरस्वती पुजा, ईद, तिज, क्रिसमस, ऊधौली, म्ह पुजा, महावीर जयन्ति(जैन), स्वस्थानी,गुरुनानक जयन्ति,फाल्गुनन्द जयन्ति, जनै पुर्णीमा, गठे मंगल त केही मनाउनै भएन ।कुनैबेला भूमिगत हुंदा बाबुरामजी !तपाईले गाई काट्न प्रेरित गर्नुभो, देउता नमान्न र धर्म र दंशै तिहार समेत नमनाउन सोझा नेपालीलाई प्रभावमा पार्नुभो । तर भूमिगत जीवन त्याग्ना साथ पहिला आफ्नो वुवा आमालाई मनोकामना भगवति दर्शन गराउन लानु भो ! दंशैमा आफ्नो बुवासंग टिका लगाको फ़ोटो सार्वजनिक गर्नुभो, तर पनि हामी बोलेनौं । किनकि तपाईमाथि त्यो बेलाजनताको केही आश थियो ।बाबुरामजी, टोपी दिवस , यो स्वत स्फूर्त मनबाट उठेको भावना हो । उहीले तपाईको पार्टीले सोझा नेपालीलाई थर्काएर जवरजस्ती नेपाल बन्द गराए जस्तो होइन ।साश्त्र, संस्कार र संस्कृतिले पहीचान दिन्छ । टोपी मात्र होईन फेटा पनि हाम्रै हो । मुसलमान दाजुभाईको तागीया टोपी होस् वा पगरी छतरी वा गम्छा वा तामागं र शेर्पाको फरक सरपोश हुन् । सवै नेपालको हो र सवै नेपालीको पहिचान हो।सुरूवाल मात्र होइन,धोति र कछाड पनि हाम्रो हो। चौवन्दी, हाकुपटासी, बख़्खु, पांगदेन, मेख्ली, गुन्यू, फरिया र पटुकी हाम्रै हुन्। यी सब हाम्रा पहीचान हुन् । हामी सवैको पहीचानको सम्मान गर्छौ र संरक्षण हुनुपर्छ भन्ने मान्यताराख्छौं।Sorry to write this but पहीचानको नाममा जाति र धर्म वीच, क्षेत्रवीच विवादको विष रोपेर राजनीति गरेर आज देशलाई मुडभेड र विखण्डनको मुखमा पुराउने नेताहरू मध्ये एक तपाई पनि हुनुहुन्छ जो पिएचडी डा.हुनुहुन्छ । तपाईले भारतीय अघोषित नाकाबन्दी पछी विभिन्न विषयमा दिंदै आउनु भएको अभिव्यक्तिले यस्तो देखाउंछ कि JNU को शिक्षामा कहीं त केही कमज़ोरी छ ।नोटः दोस्रो र तेस्रो तस्वीरमा भारतीय सम्माननीय प्रम नरेन्द्र मोदी ज्यूले वेस्ट र नर्थ बंगाल भ्रमणमा नेपाली मुलका भारतीयहरूले उपहार स्वरूप दिएको नेपाली ढाका टोपी र खुकुरी क्रस सहीत भादगाउँले टोपी लगाएर के-के कहाँ-कहॉ र क-कस्लाई चोट पुराए ? जबाव दिनु हुन्छकी ! ऊहांबाट हामीले जे राम्रा कुरा सिक्नु पर्ने हो,त्यो खुल्लम खुल्ला सिकौं । जे सिक्नु हुंदैन,त्यो खुसुक्क सिक्न छोडौं ।”

यस्तै उनको आशयको विरोध गर्दै नेपालका चर्चित लोकप्रिय कलाकार दिपकराज गिरीले फेसबुक मार्फत बाबुरामको सवालको जवाफ दिएका छन् ।मधेसीमुलका नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले टोपी लाउँदा शोभा दिएन कि हामीले टोपी लाउँदा श्रीपेच नै लाएको जस्तो भयो ? बाबुराम सित जवाफ माग्दै दीपकराज लेख्छन्ः “बिहानै टोपी लगाएको फोटो हालेको .. बाबुरामजीले देखि सहेनन् कमरेड, टोपीको दिबस मनाउदा धोतीलाइ किन समस्या ? भोलि धोती दिबस भयो भने टोपी वालालाइ के समस्या ? दशै मात्र मनाउने हामि अहिले ल्योसार, इद, क्रिसमस सब मनाउछौ यसो गर्दा झन् सहिष्णुता बढ्छ होइन र ?रामबरणजी ले टोपी लगाउनु हूदॉ उहॉलाइ सुहाएको थिएन र ? तपाइ धोती लगाउन तराइ पनि झर्नु भो त्यो ग़लत थियो र ?हामीले टोपी लगाउँदा पनि श्रीपेच नै लगाएजस्तै नगर्नुसन है “

यस्तै अर्का लोकप्रिय संगीतकार टीका भण्डारीले पनि डा. बाबुराम भट्टराईको भनाइबाट चित्त दुखेको स्टाटस सार्वजनिक गरेका छन् । नेपाली पहिचान टोपी सहित सयौं तस्बिरमा बाबुराम खुशी भएको देख्दै आएका छौ तर पनि किन टोपी दिवसको विरोध ? भन्दै उनले पनि प्रश्न तेस्र्याएका छन् |

Published at: January 3, 2017 4:06 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro