Tuesday 22nd May 2018

नाटकमा अभिनय गर्दा गर्दै ‘ओ माई लभ बा’को निधन

१९ पुस, काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै निधन भएको हो ।

नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यसक्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् ।

चिकित्सकहरुले ६ः१० मा उनको निधन भएको घोषणा गरेका छन् । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । भोलि विहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ ।

झण्डै ५ दशकदेखि रंगक्षेत्रमा सक्रिय फुयालका बाध्यता र सहिदको सपना नाट्यसंग्रह समेत प्रकाशित भएको छ ।

Published at: January 3, 2017 7:26 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..