Monday 27th March 2017

Bidhut-Add-Onlinepana

सिरियाको लताकियामा कारबम विस्फोट नौको मृत्यु

4ddb9c6c5e344364855e3c4cc94da5ac_18

दमासकस, २१ पुस । सिरियाको उत्तरपश्चिमी तटीय सरह लताकियामा बिहीबार भएको एक कारबम विस्फोटमा परी नौ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको स्थानीय टेलिभिजन च्यानलले जानकारी दिएको छ ।

लताकिया प्रान्तको ग्रामीण इलाकामा अवस्थित जेबलेह सरहको एक स्टेडियमनजिकै सो कारबम विस्फोट गराइएको छ ।

यद्यपि जेबलेह सरहमा भएको यो पहिलो बम विस्फोट भने होइन, यसअघि गत मे महिनामा एक अस्पताल र बस स्टेसनमा गरिएको पाँच वटा बम विस्फोटमा परी कम्तीमा १०६ व्यक्तिको मृत्यु भएको थियो ।

प्रायः सिरियाली क्षेत्रहरूमा गत शुक्रबार बिहानबाट नै यो टर्की र रुसको सहभागीतामा युद्धबिराम सुरु भएको भनिएता पनि बारम्बार यसको उल्लङ्घन भएको छ ।

यस सम्झौतामा आतङ्ककारी समूह इस्लामिक स्टेटको भने सहभागीता नरहेको र युद्धबिराम सम्झौता सिरियाली सरकार र विद्रोहीबीच भएको रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिनुभएको थियो ।

तर सोही समयमा पनि सिरियाली मध्य प्रान्त हामाको क्रिस्चिन सहरनजिकै झडप भइरहेको थियो । सो झडपमा आईएस लडाकू समूहले सरकारी बलमाथि आक्रमण गरेका थिए ।

यस युद्धबिराम योजना मुख्यतया सिरियाको अलेप्पो नगरमा जारी युद्धबिरामलाई निरन्तरता दिने प्रयोजनवस ल्याइएको थियो ।

अलेप्पोलगायत सिरियाका अन्य युद्धग्रस्त इलाकाबाट सर्वसाधारणलाई सुरक्षित उद्धार गर्नका लागि गत महिनाको सुरुमा नै टर्की र रुसको मध्यस्थतामा युद्धबिराम गरिएको थियो ।

तर, रुस र अमेरिकाको मध्यस्थतामा भएका, यस अघिका युद्धबिराममा अवलम्बन गरिए जस्तै, अहिले पनि आतङ्ककारीविरुद्ध प्रतिकार गर्नेकार्य भने रोकिने छैन ।

सिरियामा सन् २०११ को मार्च महिनामा सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भयो ।

यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि दबदबा बढ्दै गयो । जारी यसद्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

लाखाँै व्यक्ति घाइते भएका छन् भने, लाखाँै आफ्ना देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन् । रासस÷सिन्ह्वा÷एएफपी

Published at: January 6, 2017 1:27 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro