Friday 21st July 2017

ललितपुरवासीलाई खुशीको खबरः घरअगाडि फोहोर छ ? मोबाइल एपबाटै काम हुन्छ !

capture

२३ मंसिर, काठमाडौं । ललितपुर उपमहानरपालिकाले सार्वजनिक स्थानबाट फोहोर नउठेको गुनासो, उजुरी तथा सूचना मोबाइल एप्समार्फत लिन सुरु गरेको छ ।

नयाँ प्रविधिको प्रयोगमा अग्रसर भएको उपमहानगरपालिकाले आफ्नो नगर क्षेत्रलाई सफा राख्न नागरिकले फोहोर थुप्रिएको सूचना दिन मिल्ने सुविधा मोबाइल एप्सबाटै सुरु गरेको हो ।

उपमहानगरपालिकाले आफ्नो सेवालाई प्रविधिसँग जोड्न भन्दै ‘हाम्रो ललितपुर’ नामको मोबाइल एप प्रयोगमा ल्याएको छ । यसलाई स्मार्टफोन प्रयोगकर्ताले एप स्टोरबाट सजिलै डाउनलोड गर्न सक्छन् ।

यो एप्स ललितपुर उपमहानगरभित्र बस्नेलाई यति उपयोगी हुने देखिएको छ कि यसले कार्यालयका काम कारवाहीबारे जानकारी दिन्छ नै, नक्सा पासलगायतका प्रक्रियामा आफ्नो फाइल कहाँ पुगेको छ भन्नेसम्म देखाउँछ । अन्य धेरै सूचना र सेवा पनि एप्समा छन् ।

तत्काल फोहोर उठ्ने

तर, यो एप्सको मुख्य विशेषता भने ‘सफा ललितपुर’ भन्ने मेनु नै हो । यो मेनुमार्फत नगरबासीले आफ्ना घर, टोल र छेउ-छाउका सडकमा थुपि्रएका फोहोर, निर्माण सामग्री, मरेका जनावर लगायतका बारेमा उपमहानगर पालिकालाई रिपोर्ट गर्न सक्नेछन् ।

एप्समार्फत दिइएको यो सूचना उपमहानगरको वातावरण महाशाखामा पुग्छ र तत्कालै त्यसलाई हटाउन टोली खटिनेछ ।

यो सेवाले नगरबासीलाई विभिन्न ठाउँमा फोहोर थुप्रिने तर, उपमहानगरलाई जानकारी नै नहुने अवस्थको अत्त्य हुने प्रमुख तथा कार्यकारी अधिकृत भरतमणि पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

एपमार्फत सूचना आउना साथ उपमहानगरपालिकाले फोहोर हटाउन समय नलगाउने पाण्डेले बताए ।

‘यो प्रविधिमार्फत उपमहानरभित्रबाट जसले पनि सूचना गर्न सक्छ । यो नगर सफा राख्ने अभियानमा सबैको साथ मिल्छ भन्ने अपेक्षा छ’ पाण्डले भने,’हामीले प्रविधिमार्फत नै फोहोर तथा फोहोरजन्य समाग्री समयमै उठान सकिन्छ भन्ने अभिप्रायले यो सेवा प्रारम्भ गरेका छौं । अब नागरिकले यसलाई अधिकतम् प्रयोग गर्नुपर्छ ।’

कसरी गर्ने रिपोर्ट ?

सफा ललितपुर एप नेपाली भाषामा स्पष्ट बुझ्ने शब्दमै छ । एप डाउनडोड गरेपछि ‘सफा ललितपुर’ मेनुमा क्लिक गर्नासाथ ‘फोहोर उठेन रिपोर्ट गर्नुस्’ भन्ने अप्सन देखिन्छ ।

त्यसमा पनि क्लिक गरेपछि क्रमैसँगै पुराना गरिएका रिपोर्ट देखिन्छ भने सबैभन्दामाथि ‘नयाँ रिपोर्ट गर्नुस्’ भन्ने अप्सन देखिन्छ ।

त्यसमा पनि क्लिक गरेरभित्र जानुपर्छ । त्यसपछि भने विभिन्न छोटा विवरणहरु भर्नुपर्छ । जसमा फोहोरको प्रकार, आफ्नो नाम, फोन नम्बर र फोहोरको कुनै विवरण भए भुर्नपर्छ ।

स्थानमा चिन्ह लगाउने अप्सन पनि सँगै हुन्छ । गुगल नक्साका आधारमा फोहोर थुपि्रएको ठाउँमा चिन्ह लगाएर रिपोर्टलाई पठाउनुपर्छ । रिर्पोटको यो प्रक्रिया निकै सजिलो हुन्छ । र, यसैका आधारमा केही घण्टाभित्रै तपाईंको गाउँ, टोल सफा हुन सक्छ ।

उपमहानगरपालिकाले नगरबासीलाई एप डाउनलोड गरेर राख्न र फोहोरबारेको सूचना दिएर सहयोग गर्न आग्रह गरेको छ ।

१४ लाख रुपैयाँ जरिवाना

ललितपुर उपमहानगरपालिकाले पछिल्लो समयमा सार्वजनिक स्थानमा फोहोर फाल्नेहरुविरुद्ध कारवाही अभियान पनि सुरु गरेको छ ।

फोहोर फाल्नेहरुलाई महानगरले कसुरको अवस्था हेरी ५ हजार देखि ५० हजारसम्म जरिवाना गराएको कार्यकारी अधिकृत पाण्डेले बताए ।

‘साउनयतामात्रै सार्वजनिक स्थानमा फोहोर फाल्नेहरुबाट १५ लाख रुपैयाँ जरिवाना गराइसकिएको छ’ पाण्डेले भने, ‘मेडिकलजन्य फोहोर सार्वजनिक स्थानमा ल्याएर फ्याँक्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना तिराएका छौं ।’अनलाइनखबर

Published at: January 7, 2017 10:39 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro