Friday 24th November 2017

 

महायज्ञमा एक करोड भन्दा बढी सङ्कलन

रामपुर(पाल्पा), २३ पुस । गङ्गा माध्यमिक विद्यालय रामपुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु एक करोड २६ लाख २६ हजार ६६४ बराबरको जग्गा र रकम सङ्कलन भएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उदेश्यले आयोजना गरिएको सो महायज्ञमा हिजो पाँचौँ दिनसम्म रु ३२ लाख ८४ हजार ७८१ नगद र रु ९३ लाख ४१ हजार ८८३ बराबरको जग्गा दान सङ्कलन भएको लेखासमिति संयोजक खगेन्द्र न्यौपानेले बताउनुभयो ।

अहिलेसम्म ६ सय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा अहिलेसम्म २० जनाले तुलादान गरेका छन् । गत पुस १८ गतेबाट सञ्चालन भएको महायज्ञ आउँदो पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेको मुखारविन्दबाट सङ्गितमयशैलीमा कथावाचन भइरहेको छ । रासस

Published at: January 7, 2017 1:41 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro