Tuesday 22nd May 2018

घाम तापेर यस्ता फाइदा लिनुहोस्

एजेन्सी– जाडो मौसममा घाम ताप्त सबैलाई मन पर्छ। तर, काम व्यस्तताले धेरैले जाडोको बेला घाम देख्न नपाइरहेका हुन्छन्। उसै पदि जाडोयाममा दिन छोटा हुन्छन् भने कहिले हुस्सु–कुहिरोले घाम देखै पर्दैन। तर, हाम्रो शरीरलाई सूर्यको प्रकाशबाट पाउने भिटामिनको आवश्यकता भने पर्दछ। घाममा निस्कन नपाउने कतिपयले त सूर्यको प्रकाशबाट पाउने भिटामिन परिपूर्ति गर्न औषधिसमेत खानुपर्छ। तसर्थ मिलेसम्म घाममा निस्कने गर्नुपर्दछ। घाममा बस्दाका फाइदाहरु यस्ता छन्ः

रक्तचाप घटाउँछः सूर्यको प्रकाश छालामा पर्ने बित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्कासन हुन्छ। युनिर्भसिटी अफ इडनबर्गको एउटा अनुसन्धानले नाइट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्ने देखाएको छ। तसर्थ घाममा बस्दा रक्तचापका बिरामीलाई फाइदा पुग्छ।

प्रतिरोधात्मक क्षमता वृद्धिः रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न भिटामिन डीको महत्व हुन्छ। घामबाट पाइने भिटामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ। घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ।

हड्डीको वृद्धिः सूर्यको प्रकाशले ताप दिँदा भिटामिन डी–३ बन्छ। भिटामिन डी–३ ले शरीरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ। भिटामिन डी–३ र हड्डीको वृद्धि तथा विकासबीच प्रत्यक्ष सम्बन्ध रहेको अध्ययनहरुले देखाएका छन्। शरिरमा उच्च मात्रामा डी–३ भएमा जोर्नीको दुखाइ कम गर्ने र हातखुट्टा वा शरीरका अन्य अंग भाँचिने खतरा कम हुन्छ।

छालालाई फाइदाः सूर्यको प्रकाशले छालालाई पनि फाइदा गर्छ। निरन्तर घाममा बस्दा छालाजन्य रोग र संक्रमण लाग्दैन।

श्वासप्रश्वास सम्बन्धी समस्या घटाउँछः भिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ। यस्तै, अमेरिकाको युनिर्भसिटी अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले वृद्धवृद्धामा संक्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। वृद्धवृद्धाको श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने सम्भावनालाई पनि कम गर्छ।

डिप्रेसनबाट जोगाउँछः सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ। नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बच्न सक्ने अध्ययनहरुले देखाएका छन्। घामले शरीरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ।

Published at: January 8, 2017 1:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..