Wednesday 23rd May 2018

सकियो पासा ग्वाहाली पुच सहकारीको १० औं साधारण सभा

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १० मारहेको पासा ग्वाहाली पुच सहकारीको दशौं वार्षिक साधारण सभा भब्य समारोहका बिच अध्यक्ष हरिकृष्ण श्रेस्ठको अध्यक्षतामा र काठमाडौ क्षेत्र नम्बर ३ का सांसद रामेश्वर फुयाँलको प्रमुख आतिथ्यतामा पुस २३ गते सम्पन्न भएको छ ।

जोरपाटीको नबिल फुडल्याडमा भएको कार्यक्रममा जया कलेजका प्राचार्य भवानी पौडेल, सहकारीकर्मी डा बिदुर चालिसे,पत्रकार बिजय चालिसे,नव सुन्ताखान स्कुलका प्रधानाध्यापक सुदर्शन थापा र समाजसेवी मन्दिर तिमल्सिना,गोपाल भण्डारी, सान्नानी लामा लगाएतको उपस्थिति रहेको थियो ।

साधारण सभाले विभिन्न प्रस्ताब पारित गरेको छ । गोकर्णको सांस्कृतिक धार्मिक र आर्थिक अवस्था सुधार्न स्थापित सहकारी गोकर्णको चर्चित सहकारी हो । कार्यक्रममा संस्थाका अध्यक्षलाई प्याब्सन काठमाडौंको अध्यक्षमा निर्वाचित गरेकोमा सम्मान समेत गरिएको थियो ।

शेर सदश्यलाई १० प्रतिशत प्रोत्साहन खर्च दिईएको थियो भने उत्कृष्ट बचत कर्ता र ऋणीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संसद रामेश्वर फुयाँलले सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको लागि सहकारीले पुर्‍याएको योगदानको मुक्तकन्ठाले प्रशंसा गरेका थिए ।

Published at: January 8, 2017 4:42 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..