Tuesday 23rd May 2017

Bidhut-Add-Onlinepana

पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन

nandbahadur2

काठमाडौँ, २५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताउनुभएको छ ।

‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । सो पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो ।

सो अवसरमा समसामयिक राजनीतिबारे कुराकानी भएको भेटमा सहभागी पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिनुभयो ।

राप्रपाले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउनुभन्दा सबैको सहमति हुने गरी निकास खोज्न आग्रह गर्दै आएको छ । रासस

Published at: January 9, 2017 2:30 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro