Thursday 25th May 2017

Bidhut-Add-Onlinepana

ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु

सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

सल्लेरीबाट जुनबेसीतर्फ उपभोग्य सामान लिएर जाँदै गरेको लु३त ३६६३ नंको ट्र्याक्टर दूधकुण्ड नगरपालिका–२ बेनीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका इन्चार्ज भेषबहादुर थापाले जानकारी दिनुभयो ।

आइतबार साँझ घटना भएको भए पनि प्रहरी तथा अन्यले आज बिहानमात्र जानकारी पाएका थिए । ट्र्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर फाप्लुस्थित आङ ङिमा लामाको रहेको बुझिएको छ । रासस

Published at: January 9, 2017 3:26 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro