Tuesday 27th June 2017

जङ्गली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु

File photo

रत्ननगर (चितवन), २६ पुस । सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ ।

सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान साढे दश बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

हात्ती प्रजनन् केन्द्रमा घुम्ने क्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको जनाइएको छ । सौराहामा पालुवा हात्तीसँग सहवासका लागि जङ्गली हात्ती यहाँ आउने गर्दछन् । रासस

Published at: January 10, 2017 2:27 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

merobarsameroswastha-new

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro