Monday 21st August 2017

 

खानेपानी कार्यक्रम विस्तार गर्न निर्देशन

12

काठमाडौँ, २६ पुस । व्यवस्थापिका–संसद्, विकास समितिले अन्तर्राष्ट्रिय क्षेत्रमै नमुना परियोजनाका रुपमा रहेको नेपालको साना सहरी खानेपानी तथा सरसफाइ कार्यक्रमलाई थप चुस्त तुल्याउँदै विस्तार गर्न निर्देशन दिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा पहिलो चरणमा २९ साना सहरमा सञ्चालित उक्त परियोजनाबाट छ लाख जना लाभान्वित भएका थिए ।

पहिलो चरणको सफलतापछि उक्त बँैकको अनुदान सहयोगमा अहिले मुलुकका २१ साना सहरमा कार्यान्वयनको चरणमा रहेको कार्यक्रमबाट तीन लाख ६० हजार जनता लाभान्वित हुने अनुमान गरिएको छ ।

आयोजना सञ्चालनका लागि पाँच हजारदेखि ४० हजारसम्म जनसङ्ख्या रहेको, बाह्रै महिना मोटरबाटाको सुविधा भएको तथा बिजुली, टेलिफोन, कम्तीमा एक मावि, स्वास्थ्यचौकी र बँैकिङ सेवालाई मापदण्डका रुपमा राखिने गरिएको छ ।

एसियाली विकास बँैककै ऋण सहयोगमा अघिल्लो आवदेखि २६ सहरमा सुरु गरिएको आयोजनाबाट थप तीन लाख ९० हजार जनाले स्वच्छ खानेपानी र सरसफाइ सुविधा प्राप्त गर्नेछन् ।

समितिको आजको बैठकले मिति तोकेर आयोजना पूरा गर्ने लक्ष्य र कार्यक्रम बनाउन, उपभोक्ताको हितलाई हेरेर सहुलियत र छुटका कार्यक्रम अघि बढाउन तथा नारा दिने तर कार्यान्वयन नहुने अवस्था अन्त्य गर्ने खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देशन दिएको छ । रासस

Published at: January 10, 2017 2:51 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro