Wednesday 18th October 2017

 

केपी ओलीबारे यसो भने विजय कुमारले(भिडियो)

vijay-kumar

केपी ओली जीको प्रधानमन्त्रीको रुपमा ममाथि दुई वटा गुन छ । त्यसको पैंचो तिर्न मात्रै आएको हुँ । एक चोटी के भयो भने चन्द्रशेखर कार्की हुनुहुन्छ, उहाँले मलाई निमन्त्रणा दिनुभयो । मै त त्यस्तो कार्यक्रममा खासै जान्न भन्दा मैले तपाईँका लागि २० वर्ष फोटो खिचेँ, मेरो एउटा कार्यक्रममा पनि नआउने भनेपछि घर त बोक्सीले पनि छोड्छ भनेर गएँ । जाँदा खेरी उहाँ (ओली)सँग भेट भयो । भोलिपल्ट केपी ओलीलले बोलाउनुभयो ।

(बालुवाटार) जाँदा एउटा अदभुत घटना घट्यो । सेनाको कमाण्डर आउनुभाथ्यो र तपाईँलाई यहाँ रुख रोपेर मात्रै भित्र लैजानु भन्नु भएको छ भने । मलाई अच्चम लाग्यो । मैले त्यहाँ एउटा रुख रोपेँ र माथि गएँ । केपी ओलीजीसँग मेरो खासै धेरै अन्तर्वार्ता गरेको पनि होइन । १०/१५ वर्ष अघि एक दुई वटा मात्रै हो । परिचय पनि खासै थिएन ।

तर, केही सम्बन्ध यस्ता हुन्छन् कि एक अर्कालाई खासै नजिकबाट चिन्नु पर्दैन, टाढा-टाढाबाट पनि चिन्छौं ।

तपाईँले मलाई रुख रोप्न किन लगाएको भन्दा, विजयकुमार बालुवाटार आएको थियो तर ओलीले कदर नगरी पठायो नभन्नुहोस् । पत्रकारका रुपमा मेरो खासै ‘टच’ हुँदैन । तर, मेरा लागि बालुवाटार त्यति टाढाको विषय होइन । तर, कहिले काहीँ हामी टचमै हुन्छौं ।

उहाँले यो पनि भन्नुभयो कि यो तपाईँलाई मेरो पुरस्कार पनि हो ।

पुरस्कारमा मेरो खासै रुची पनि छैन । तर, उहाँले भन्नुभयो कि म हामी यहाँ सधैं बसिरहने पनि होइन, त्यसैले यो हावा सधैं चलिरहोस् । उहाँको आफ्नै ठठ्टा गर्ने शैलीमा भन्नु भो कि ‘भोलि पर्सि हामी गैहाल्यौं भने र जोसुकै प्रधानमन्त्री आइहाले भने पनि ढोकामा मज्जासँग हर्न बजाउन सक्नुहुन्छ र भन्न सक्नुहुन्छ- त्यहाँ मेरो एउटा रुख थियो त्यो हेर्न आएको ।

म कुनै सेवा गर्न पत्रकारितामा आएको पनि होइन । आफ्नो अन्तरमनको आनन्द र स्वार्थ सुखायका निम्ति पत्रकारितामा आएको हुँ । मैले लेखेको बोलेका कुरा कसैले सुनिदिए पढिदिए ठीकै छ । नसुने पनि मेरो कसैलाई केही भन्नुछैन ।

मलाई राम्रोसँग थाहा छ कि कृष्णप्रसाद भट्टराईपछि मलाई अलिकति छोएको केपी ओलीजी प्रति हो । यस कारण होइन कि यहाँले मलाई एउटा रुख रोप्ने मौका दिनुभयो । बालुवाटारको त मैले कोठा-कोठामा रक्सी खाएर छादेर पनि हिँडेको छु । अलिकति कृष्णप्रसाद भट्टराईको कृपाले, त्यसपछि आदरणीय शेरबहादुर जीको कृपाले ।

त्यतिले मात्रै कहानी सिदि्धएन । रुख त भयो-भयो । उहाँ(ओली)लाई भेट्दा मैले रक्सी खान छोडिसकेको थिएँ, चिया लिएर आउनुभयो र एउटा उपहार दिन्छु भन्नुभयो । उपहार कस्तो आयो भने ठूलो छालाको बि्रफकेस जस्तो । उपहार दिँदा विष्णुजी -राजनीतिक सल्लाहकार विष्णु रिमाल)लाई त्यति चित्त बुझेको थिएन । अरुले दिए पनि हुन्छ भनेको जस्तो । फोटो पनि खिचियो । यत्रो ठूलो बि्रफकेस, कुनै दिन त्यो फोटो लिक भयो भने त्यो पैसाको बि्रफकेस होइन है । चीनबाट एउटा ठूलो मान्छेले दिएको चिया रहेछ । त्यस कारण पनि उहाँप्रतिको आकर्षण बढेको होइन ।

मेरो लागि उहाँको ठ्टटाको पछाडि एउटा कालो कोठरीमा १४ वर्ष बसेको मानिस पनि उँभिएको छ । मेरो लागि उहाँ जब हाँसो हुन्छ त्यो भित्रको पीडा म अलिकति बुझ्न सक्छु । मेरा लागि जसरी कृष्णप्रसाद भट्टराईका दुई वटा पाटो छन्, एउटा अध्यात्मिक सादक किसुनजी र अर्को राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई । त्यहाँ म उहाँको मनको पीडा बुझ्न सक्छु । मलाई उहाँको बारेमा किसुन जीले भन्नु भएको थियो । जेलमा बस्दा शरीरभरी खटिराले भरिएको… उहाँले त त्यो कुरा कहिल्यै पनि भन्नु भएन ।

एउटा कुरा भन्न चाहन्छौं, अक्सपोर्ड डिक्सनरी कन्ठ पार्ने मानिसहरु थिए । गणेशमानलाई पनि सबै आउँथ्यो । युग थियो कि अक्सफोर्ड डिक्सनरी कन्ठ पार्ने मानिसहरुलाई निकै ज्ञानी भनिन्थ्यो । आजभोलि अक्सफोर्ड डिक्सनरी कन्ठ पार्ने भनेको मुर्खताको प्रतिक हो । गुगल छ । डिक्सनरी डटकम छ । आजभोलि यदि तपाईका सापनाहरु साकार पार्ने हो भने ‘विसफुल थिङ्किङ’ र ‘विल टु डू’मा फरक छ । उहाँलाई सुर्‍याउँदा सुर्‍याउँदै बलीबेदीमा नपुर्‍याउनुस् । रुपचन्द्र विष्टले भन्नुभएको थियो, यो शहर यस्ता महावीरहरुले भरिएको छ, जो आफ्नो शरीरमा खरोच पनि नलागोस् । अरु सहिद भएको समाचार दिनहुँ सुन्न पाउँ । सपना, महत्वकांक्षा र उद्देश्यमा फरक छ ।

हामीले सपना देख्नुपर्छ । तर, सपना भनेको विसफुल थिंकिङ होइन । विल टु डू चिज हो । यो वैश्य युग हो, यहाँ कुनै पनि आइडियाहरु निश्चित समयपछि कन्भर्ट भएन भने निराशा बढ्दै जान्छ । मेरो स्वप्नदर्शी केपी ओली र उहाँका समर्थकहरुलाई यति भन्छु ।

kp-oli-8

अब किताबको कुरा गरौं । किताब त यो हुँदै होइन । यो तपाईँको भाषण र अन्तर्वार्ताहरुको संग्रह हो । यो किताबले केपी ओलीलाई न्याय गर्दैन । किनभने  लेखन, वाली र उपस्थिती भनेका फरक चिजहरु हुन् । जिन्दगीमा शब्दहरुको कुनै ठूला अर्थ हुँदैन, मृत हुन् । शब्दहरु नै ठूला हुने भए त डिक्सनरी छाप्ने कम्पनिहरु संसारका सबै भन्दा ठूला लेखक बन्थे । शब्दले अर्थ पाउँछ, तिनको संयोजनमा । शब्दले तब अर्थ पाउँछ, जब जीबनसँग जोडिन्छ । भारी शब्द प्रयोग गर्दैमा वाक्य भारी हुँदैन । राम्रो संयोजन गर्नुभयो भने नृत्य गर्न थाल्छ । यो भाषण तपाईँ हेर्नुहोस्, यो अरु कसैले बोल्यो केही औचित्य छैन । उहाँको (केपी ओलीको) बाचनकलामा शक्ति छ । तपाईँ टेलिभिजनमा आउनुभयो भने त सबैले अवकास पाउँछन् ।

यहाँ एउटा शब्दको प्रयोग भयो, सुत्ने र कुद्ने एकै ठाउँ पुग्न । यसलाई साधारण अर्थमा नलिनुस्, विशेषगरी कम्युनिष्ट मानिसहरुले । बडेबडे आए उड्छु भन्ने, तीनको गति कहाँ पुग्यो देखिसक्नु भएको छ । कोही ५ महिनामा ओर्लिए होलान्, कोही ५ वर्षमा । म्यानेजमेन्टको भाषामा भन्नुभयो भने ‘एब्जर्टिभ क्यापासीटी अफ नेशन’ भन्ने हुन्छ । त्यसलाई सपना दिलाएर बढाउन सकिन्छ । तर, त्यसको एउटा सीमा छ । मैले चोकमा जतिसुकै कराए पनि नारायणगोपालको जस्तो गीत गाउन सक्दिँन । किनभने ममा साधनाको अभाव छ । साधना नगरी गीत कागजमा मात्र गाउन सकिन्छ ।

यहाँ राजनीतिक कुरा भए । म त्यता जान चाहन्नँ । एउटा कुरा केपी ओली जीलाई निवेदन गर्न चाहन्छु । इतिहासले कहिलेकाहीँ व्यक्तिमाथि यत्रा जिम्मेवारी उसले चाहे पनि नचाहे पनि खन्याइदिन्छ । व्यक्तिलाई लगभग संस्थाको रुप दिन्छ ।

भाउजूलाई म नमन गर्न चाहन्छु, किनभने कुनै पनि व्यक्तिको निर्माण पछाडि धर्मपत्नीको भूमिका हुन्छ । उहाँको सट्टा कुनै अर्कै किसिमको भएको भए उहाँ पनि अर्कै किसिमको हुनुहुन्थ्यो । तपाई हामीले त केही क्षणको हाँसो मात्र देखेका छौं, १४ वर्ष जेल बस्दा, रोगसँग संघर्ष गरिरहँदा औषधि… त्यो देखेका छैनौं नि ।

तपाईँ (केपी ओली) को मुखबाट राष्ट्रियता राष्ट्रियता सुनिरहेको हुन्छु । यो विषयमा म टिप्पणी गर्दिँन । रुपचन्द्र विष्टले भन्नुहुन्थ्यो, ‘भन्नेले गर्दै गर्दैन, गर्नेले भन्नै पर्दैन ।’

यस-राष्ट्रियता)को बैचारिक उठान तपाईँबाट भइसक्यो । यो मुद्दालाई नेपालको धर्तीमा यसरी गाडिसक्नुभयो कि कसैले यसलाई उखालेर उखाल्न सक्तैन । तर, यसमा परिभाषा के त ? यस्तो विषयमा म हल्का टिप्णी गर्न चाहन्नँ । पहाडमा छँदा खोलाले गडगडाहट गर्नैपर्छ । तर, मैदानमा ओर्लिसकेपछि पनि खोलाले गडगड गर्छ भने त्यसले शोभा दिँदैन ।

हिन्दी फिल्मका एक ठूला एक्टरले भनेका थिए, ५० सालका मर्दले १६ सालके लड्कीके साथ नाचे तो अच्छे नही देख्ता हे ।

एकथरीलाई त रहर होला, तपाईँ दिनदिनै नयाँ टुक्का दिँदै जानुस् । तर, जोक र सेन्स अफ हृयुमरको बीचमा फरक छ । उहाँ र कृष्णप्रसादको उपस्थितिले हाम्रो समाजलाई गौरवशाली बनाएको छ । तपाईले जुन खालको मुद्दाहरु उठान गर्नु भएको छ, तपाईंको डाइगोनोसिस् सही छ । तर, प्रेस्किप्सन कस्तो हुन्छ ? म चाहन्छु कि नेपालको इन्द्रधनुष रुपी परिभाषा हुन सकोस् ।

केपी ओलीप्रति धेरै मानिसहरु जस्तो मेरो ठूलो आशा छ । तर, मेरो आशा उत्तेजनाको आशा होइन । मेरो आशा, इतिहासको शिक्षा र वर्तमानको जटिलताबीच भविष्यको बाटो खोज्न सकौं, त्यसको आशा हो । परिस्थिति जटिल छ, त्यो उहाँले बुझ्न सक्नुहुन्छ । ‘प्रयोगशाला’ भन्ने किताबको पहिलो पाना कहाँबाट सुरु हुन्छ, मैले भनिराख्नु पर्दैन ।

तथापी आज इतिहासले केपी शर्मा ओलीप्रति ठूलो जिम्मेवारी दिएको छ । उहाँले जुन भाव राखेर संसदमा जुन भाषण गर्नुभयो, अरु हेरिरहनु पर्दैन । तपाईँ आउनुभन्दा पहिला, एउटा विराट छाती देखाएर आइरहेको छ नेतृत्व । जसलाई माननीय भनेर सम्बोधन गर्दा माननीय भन्ने शब्दप्रति मलाई गौरवान्वित भएको अनुभूति हुन्छ । उहाँलाई म जिन्दगीभर माननिय नै भनिरहन्छु । चाहे तपाइँ कुनै पदमा बस्नु या नबस्नुस् । अर्को चाँही तपाइँले जाने बेलामा भनेको (संसदको सम्बोधन) चिज ।

हामी दुई कुरामा सारै गौरव गर्छौ, एउटा हिमालमा गर्व छ । तर, प्राय हिमाल नै चिन्दैनौं । अर्को बुद्ध । बुद्धको विषयमा थोरै मात्र थाहा छ । बुद्ध नेपालमा जन्मिएका हुन् मात्र भन्छौं । यो देशको ५० माइलको रेडिएसमा तपाई समुन्द्रको सतहदेखि संसारको चुचुरोसम्म पुग्न सक्नुहुन्छ भने यति सानो ठाउँमा यतिधेरै विविधता संसारको कुनै ठाउँमा छैन । यसलाई संगालेर राख्न हृदयको विशालता आवश्यकता पर्छ ।

मैले मेरो कालखण्डमा देखेको मनमोहन जी हुनुहुन्थ्यो, जसको अगाडि यसरी ठूलो स्वारमा बोल्न सक्तैन थिएँ । तुलना गरेको होइन । स्टोभमा दम दिइरहेको मनमोहन देखेको छु । उहाँको शालीनता र उहाँको त्यागका अगाडि मेरो अहंकारले शिर उठाउने आँट गरेन ।

तपाइँको पार्टीमा गुट सुट मलाई थाहा छैन । तपाईहरुको (मञ्च अगाडि बसिरहेका पार्टीका नेताहरुतिर लक्षित गर्दै) धर्म हुन्छ कि उहाँलाई नेश्नल लिडर बनाउन सहयोग गर्नुहोस् । मनमोहन अधिकारी, मदन भण्डारी, केपी शर्मा ओली भनेको तपाईँको पार्टीको बपौती होइन । हामी फेरि भाँड्न आएको पनि होइन । माधवजीलाई भनिदिनुहोला । उहाँ भएको भए उहाँलाई पनि भन्थें । म चाहन्छु कि केपी ओली जीको तर्फबाट उहाँको जिन्दगीलाई बुझ्न पाऊँ । उहाँका दुखका दिनहरु अझ बुझ्न पाऊँ ।

(ओली प्रधानमन्त्री रहँदाका भाषणहरुको संग्रह विमोचन कार्यक्रममा पत्रकार विजयकुमारले दिएको मन्तव्यको सम्पादित अंश)अनलाइन खबरबाट

Published at: January 27, 2017 10:23 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro