Wednesday 18th October 2017

 

कलम हुनेछ तारा हुने छ स्ववियुमा चुनावपछि हरेक क्याम्पसमा अनेरास्ववियु सारा हुनेछ

IMG_0822 (2)

सुदर्शन बजगाई – संक्रमणकालीन अवस्था बाट गुज्रिएको नेपालमा अहिले चुनावको महोल छाउन थालेको छ ।चिया पसलदेखी सदनसम्म स्थानीय निकायदेखी केन्द्रसम्मको र स्ववियु चुनाबको चर्चा यत्र तत्र सर्वत्र हुन थालेको छ । मिनि चिनावको रुपमा लिईएको स्ववियु चुनाबल्र हरेक क्याम्पसका भित्तादेखी फेसबुकका भित्ता सम्म रंगिएका छन् । त्रिभुवन बिश्वबिद्धालयले कार्यतालीका र आचारसंहितामा तयार पारेसंगै महोल तत्दै गएको हो ।

स्ववियुको माहोल तात्दै जाँदा फेरि इतिहास सम्झने र मुद्धा सम्झने बेला आएको छ । देशभरीका प्रगतिशील देशभक्त तथा जनवादी विद्यार्थीको साझा र नेता संगठन अनेरास्ववियुले आफ्नो पहिलो विद्यार्थी संगठनको बिरासरलाई जोगाउनेमा दुईमत छैन । चाहे इन्धन लगाएतको अत्यावश्यक सामनको मुल्यवृद्धि हुन्छ कलम र तारा ले रक्त रंजित रातो झण्डा बोकेर अनेरास्ववियु सडकमा सडक बाघको रुपमा प्रस्तुत भएको छ । नेपालको हरेक ब्यवस्था परिवर्तनको आन्दोलना अनेरास्ववियुले आफुलाई अग्रभागमा राखेको छ ।

क्रुर पंचायत कालको अन्त्य, बहुदलीय ब्यवस्थाको सुरुवात्को लागि देखि लिएर राजतन्त्र को अन्त्यसंगै लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्था सम्म अनेरास्ववियु कहिल्यै पछी परेन । जब विद्यार्थीलाई ढाड सेक्नेगरी शुल्क वृद्धि हुन्छ,अन्याय अत्याचार,भ्रस्टाचार कुरिती र कुसंस्कार हुन्छ अनेरास्ववियु आवाज बिहिनको आवाज बनेर अग्रणी भागमा देखा पर्छ । राष्ट्रियता माथी धावा बोल्दा र स्वाभिमान्मा आँच आउने काम गर्दा भारतीय दूतावास अगाडि खुलेलाम चुनौती दिने देखि लिएर नाकाबन्दीको बेलामा ` लिफ्ट लिउँ लिफ्ट दिउँ´ अभियान संचालन गरेर अनेरास्ववियुले आफुलाई असली विद्यार्थी र देसको र जनताको बारेमा सोच्ने संगठनको रुपमा स्थापित गरिसकेको छ ।

अनेरास्ववियु मात्र त्यस्तो संगठन हो जसले उठाएको हरेक मुद्दा सरकारले ग्रहण गर्न बाध्य भएको छ । बैज्ञानिक र युग सुहाउँदो शिक्षा ,विभेद रहित शिक्षा,ब्यवहारिक शिक्षा र कक्षा १२ सम्म निशुल्क शिक्षा देखि लिएर युवा परिषद स्थापना,सर्टिफिकेट धितो राखेर ऋण देखि लिएर विद्यार्थीले पाउने मनोरञ्जन को क्षेत्रमा ५० प्रतिशत र यातायातमा ४५ प्रतीशत छुट अनेरास्ववियुको आन्दोलनको उपलब्धि घाम जस्तै छर्लङ्ग छ ।

माउ पार्टी दोश्रो तेश्रो हुँदा समेत कहिल्यै पछी हुन नजानेको अनेरास्ववियुलाई जिताएर प्राप्त उपलब्धिको रक्षा गर्दै संस्थागत गर्ने र विद्यार्थी आन्दोलनलाई रचनात्मक ढंगबाट लाने अभिभारा अहिले नेपाली विद्यार्थीको हातमा आएको छ । गुन्डागर्दी विरुद्ध,फर्जी विद्यार्थी विरुद्ध र बिचार र मुद्धालाइ स्थापित गर्नको लागि अनेरास्ववियुमा मतदान गर्न आवश्यक छ र अहिले सबै विद्यार्थीले भन्न थालेका छन् ,`कलम हुनेछ तारा हुने छ फागुन १४ पछी स्ववियुमा हरेक क्याम्पसमा अनेरास्ववियु सारा हुनेछ ´ ।

लेखक अनेरास्ववियुका पुर्व नेता हुन् र युवा संघ नेपाल काठमाडौ जिल्ला कमिटीका प्रचार बिभाग प्रमुख हुन्

Published at: February 13, 2017 10:57 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro