Wednesday 18th October 2017

 

सप्तरी घटना एमालेमाथी होइन, लोकतन्त्रमाथीको प्रहार हो !

IMG_0822

सुदर्शन बजगाईं – आज सप्तरीमा भएको घटना एमाले मात्र नभए लोकतन्त्रमाथीको प्रहारको रुपमा हेरीएको छ । संविधानको बारेमा मधेसमा रहेको भ्रम चिर्ने र हिमाल पहाड र तराईलाई एकताको सन्देश दिने हिसाबले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आयोजना गरेको मेची महाकाली अभियानलाई बिफल तुल्याउन मधेसी मोर्चा र सरकारको गृहमन्त्री लागेको घटनाक्रमले पुस्ठी गरेको छ ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको कुनैपनी राजनैतिक दलले शान्तिपुर्ण ढंगले सभा र पर्दशन गर्न पाउने अधिकारमाथी धावा बोल्दै मोर्चाले एमाले नेता कार्यकर्तालाई दलेको कालो मोसो, घर घरमा गएर दिएको धम्की, बन्द हडतालको आव्हान र पेट्रोल बम हान्ने जस्ता गैर लोकतान्त्रिक र आतंककारी शैलीमा गरिएको घटनाले मोर्चा कसरी र के को लागि परिचालित छ भन्ने पुस्ठी गरेको छ ।

केही दिन अघि गृहमन्त्री निधीले गाउँ गाउँबाट एमालेलाई लखेट्न दिएको अभिव्यक्ति र मोर्चाले एमालेको मेची महाकाली अभियान रोक्न लगाएको न्वारान देखीको बललेपनी एमालेको अभियानमा लाखौं जनता उर्लेपछी हतोत्साहित भएको मोर्चाले नियोजित रुपना यो घटना घटाएको प्रष्ट देखीन्छ ।मधेसमा रहेको गरिबी,अशिक्षा र अज्ञानताको फाईदा उठाएर आन्दोलनमा होमिन ५० लाख सहिद परिवारलाई दिने मोर्चाको असली रुप जनताले देखीसकेका छन् ।

शान्तिपुर्ण पर्दशन बिथोल्न लाग्नु र अराजक गतिविधि प्रस्तुत गर्नु के जिम्मेवार दलले गर्ने कुरा हो सोच्ने बेला आएको छ त्यसैले यो एमालेमाथी होइन लोकतन्त्रमाथीको हमला हो , होईनर ?

Published at: March 6, 2017 11:50 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro