गजल

admin
प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार ००:२६

दीप मेहेर(जोरपाटी)

त्यागको कुरा कहीँ उठ्छ कि उठ्दैन
साँच्चै अाँखाले अाँसु भुल्छ कि भुल्दैन

बतासमा पनि चिसा लुगा सुकेकै छन्
सोध घामले यो कुरा बुझ्छ कि बुझ्दैन

त्यो त गन्तव्य पुगेपछि मात्र थाहा होला
पाउमुनि यो बाटो सधै सुत्छ कि सुत्दैन

भोक मेटिएको थिएन,तिर्खा उस्तै थियो
रित्तो भाँडा देखाएर सोध्यौ पुग्छ कि पुग्दैन

तिम्रै तीतो जवाफले तिमीलाई नै हिर्काएर
सोध्नुछ तिमीलाई पनि दुख्छ कि दुख्दैन !!


२९ जेष्ठ २०७४, सोमबार ००:२६ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्