Friday 15th December 2017

 

फेसबुक कमेन्टमा थप नयाँ फिचर आयो

काठमाडौं, असर । बिश्वभर चर्चित सोसियल नेटवर्क  फेसबुकमा नयाँ फिचर थप भएको छ ।  फेसबुकमा कमेन्ट गर्दा अब  जिआइएफ पिक्चर पनि राख्न मिल्ने फिचर थप गरेको हो  ।

महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने आधिकारिक रुपमा  घोषणा गरेको हो ।

यो सेवा बिहीबारदेखि सुरु भएको हो ।  तर आफूले अन्त कतैबाट खोजेको वा आफूले बनाएको जिआइएफ भने पोस्ट गर्न पाईंदैन ।

अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् ।

फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि जिआइएफ प्रयोग गर्न सकिन्थ्यो । अब फेसबुक कमेन्टमा पनि जिआइएफ प्रयोग गर्न सकिने भएको हो ।

फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो ।

Published at: June 15, 2017 4:43 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro