Wednesday 18th October 2017

 

भ्रष्टाचारको दोषी ठहरिएपछि नवाज शरिफको राजीनामा

sarif

इस्लामाबाद –  पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पनामा लिक्समा दोषी भएको ठहर गरेको छ। यो निर्णयसँगै शरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिएका छन्।

प्रधानमन्त्री पदका लागि अदालतले अयाेग्य ठहर गरेपछि उनले अाफ्नाे पदबाट राजीनामा दिएका छन् । शरिफले भ्रष्टाचार गरी कालो धन जम्मा गरेको भन्दै सर्वोच्च अदालतले दोषी ठहर गरेकाे हाे ।

सर्वोच्चका न्यायाधीश एजाज हसन, एजाज अफजल, सइद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको बेन्चले प्रधानमन्त्री शरिफलाई दोषी ठहराएको हो। उक्त बेन्चले उनका छोरा र ज्वाँइलाई पनि दोषी ठहराएको छ।

Published at: July 28, 2017 2:59 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro