Tuesday 26th September 2017

 

उपत्यकाब्यपी एकल नृत्य प्रतियोगिताको उपाधी रुबिना खड्गी र निशु बस्नेत लाई(भिडियो)

dance

फ्युचर कल्चर प्राली फ्लो ईन्टरटेन्मेण्ट सेन्टर र द फ्युचर क्र्यु नेपालले आयोजना गरेको उपत्यका ब्यापी एकल नृत्य प्रतियोगिताको उपाधी जुनियरमा रुबिना खड्गी र सिनियरमा निशु बस्नेतले जितेका छन् ।

महांकालमा भएको प्रतियोगितामा जुनियरमा प्रथम स्थान रुविना खड्गी (माउन्ट भ्यु स्कुल),द्वितीय स्थान स्नेहा प्रधान (बिध्यासदन ई .स्कुल), तृतीय स्थान याङ्गजुम शेर्पा(कुमारी स्कुल),चाैथाे स्थान स्वस्तिका खत्री (ए.यम एण्ड डान्स) र पाँचौ स्थान खुसी श्रेष्ठ (बायाेका कम्युनिटि स्कुल) प्राप्त  गर्न सफल भए भने सिनियरमा सिनियरमामा प्रथम स्थान निशु बस्नेत,द्वितीय स्थान  दिया केसी (श्री गणेश मा.बि.)तृतीय स्थान  स्मृति श्रेष्ठ (बालबाटिका ई .स्कुल),चाैथाे स्थान रचु सुवेदी ( विनसम स्कुल)र पाँचौ स्थान पुर्णिामा कार्की (क्वालिटि इ.स्कुल) प्राप्त  गर्न   सफल भए ।

महांकालको प्रोग्रेसिभ ई स्कुलको प्राङ्गणमा भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा प्ररम्भिक चरणबाट छनोट भएका दुबै क्याटागोरीका २०- २० जनाले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको मिडिया पार्ट्नर आशाका किरण अनलाइन र गोकर्णेश्वर अनलाइन रहेको थियो ।

कार्यक्रम सोचे अनुरुप सफल भएको कार्यक्रम संयोजन गरेका चुडामणि फुयाँलले आशाका किरण मिडियालाई बताए । कार्यक्रमम बिजेतालाई बरिस्ठ नृत्य निर्देशक हनी श्रेस्ठले मेडल र शिल्ड प्रदान गर्नुभर्को थियो ।

कार्यक्रममा जुनियर र सिनियर दुबै बिधामा प्रथम द्वितीय र तृतिय हुनेलाई क्रमशः नगद रु पाँच हजार,तीन हजार र दुई हजार सहित मेडल प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौका अध्यक्ष बिष्णु पराजुली र प्याब्सकका महासचिव गेन्द्र लामा लगाएतको उपस्तिथि रहेको थियो ।

Published at: August 19, 2017 9:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro