Saturday 25th November 2017

 

तराईको घाउमा मलम लगाउदै युवा संघ नेपाल

युवा संघ नेपाल र सप्तरी युथ नेपालको सयुक्त आयोजनामा डुमरी शिबधान लगायत विभिन्न ठाउँहरुमा सप्तरीमा आएको बाढीकारण मुत्य जनावरको ब्यबस्थापन , सरसफाइ , विभिन्न किराहरु , सर्पको बिगबिगीको नियन्त्रणको लागि ब्लजिन पाउडर छर्न काममा सम्पन्न भएको छ।

बाढीले बिगारेको बाटो बनाउने काम पनि युवा संघ नेपालले गरेको छ।युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलकाे नेतृत्वमा , सचिब नरेश शाही ,स्थायी कमिटी सदस्य प्रभात बिक्रम कटबाल, धर्म शाही ,सप्तरी युथ नेपालका अध्यक्ष ,युवा संघ नेपाल सप्तरी नगरपालिका कमिटीका अध्यक्ष दिपक यादव ,सप्तरी युथका पुर्ब अध्यक्ष विष्णु यादव लगायतको उपस्थितमा आज राजबिराजमा बाढीले ग्रस्त ठाउहरुमा सरसफाइ कार्य सम्पन भएको  छ ।

20986432_868922076605867_887297914_n

सप्तरीका युवाहरु र स्थानीय जनताहरुको निकै बाक्लो उपस्थितका बीचमा सरसफाइ सम्पन्न भयो। स्थानीय जनताका समस्या , गुनासो , सुझाव युवा संघ नेपालले लिपिबध्द गरेर नेपाल सरकारलाई बुझाउने छ।

राज्यका अङ्गहरु उदार र राहतमा भएको ढिलासुस्तीका विरुद्धमा स्थानीय जनता रहेको छन। छिटो भन्दा छिटो यसको दीर्घकालीन समाधान गर्ने युवा संघ नेपाल नेपाल सरकार सङग जोडदार माग गर्छ। नेकपा एमाले तराईको पक्षमा सधै रहेको छ। तराई मधेसको बिकास , उनन्ती, प्रगति ,समृद्धिमा युवा संघ नेपालको महत्त्वपूर्ण भुमिका रहेको छ।आज युवा संघ नेपालको सम्पुर्ण शक्ति तराईमा केन्द्रीय छ।

युवा संघ अहिले सप्तरी मा उदार र राहतमा लागेको छ।हिजो भुकम्पमा पनि युवा संघ नेपाल उदार , राहत र पुनर्निर्माण मा उत्कृष्ट काम गरेको थियो।मधेस बारे ठुला ठुला कुरा गर्ने मधेसी नेता कहाँ छन मधेसलाई दुख्दा आज मधेसी नेता हरु काठमाडौंमा भारतको इशारा मा संविधान संशोधनको बेमौसमी बाजा बजाइरहेका छन ।20986150_868922149939193_63286979_n

अहिले तराई केन्द्रित दलहरु तराईमा छैन । तराईलाई समस्या हुदा एमाले नै चाहिदो रहेछ भनेर तराईका देशभक्त , प्रगतिशील जनताहरु भनिरहेको छन। भारतको हेपाहा प्रवृत्तिको कारण आज तराई जलमग्न छ।

यसको दीर्घकालीन समाधानको लागि सम्बन्धित पक्षको ध्यान जान आबस्यक छ।हजारौं बिघा जमीन बाढीले मरुभूमि बनाइदियो ।राहतको नाममा चिउरा , दालमोठ , बिस्कुट र कुहिएका चामल वितरण गरेर मात्र यसको समाधान होइन जनतालाई राहत भन्दा पनि बिस्थापित घरपरिवारको दीर्घकालीन समाधान , बाढीले हजारौं बिघा उब्जाउ जमिनमा बालुवा थुपारेको छ यस्लाइ पुन उब्जाउ गर्नु पर्ने हामी संङग चुनौती छ।21017631_868921599939248_1559095884_o

भारतले एकतर्फी लगाएको बाधको अन्त्य हुनु नै तराइमा बाढीको अन्त्यहुनु हो। बर्सेनि आउने स्थानीय खोलाहरुको नियन्त्रणको लागि स्थायी तटबन्ध बनाउन युवा संघ नेपाल सम्बन्धित पक्ष र नेपाल सरकारलाई जोडदार माग गर्दछ। अहिले पनि युवा संघका रमेशकुमार पौडेल , प्रभात बिक्रम कटबाल लगायत नेताहरु सप्तरीमा उदार राहतमा सक्रिय रहेको जानकारी प्राप्त भएको छ |

Published at: August 19, 2017 10:08 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro