यसरी काटे सरापे र रेम्बोले दशैँलाई मासु (भिडियो)

admin
प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार २३:१०

काठमाडौँ – दर्शकको रोजाइमा पर्न सफल हास्य टेली सिरीयल “गुलेली” भाग १४ केहि समय अगाडि मात्रै युट्युव मार्फत सार्वजनिक भएको छ । हास्य क्षेत्रमा एकछत्र राज गर्न सफल जोडी यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) को मुख्य भुमिका रहेको छ ।

तुलसी मिडिया प्रा.लीको प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने यादव देवकोटा (सरापे) र राजु कमेडी (रेम्बो) ले निर्देशन गरेका हुन् । प्रवेश पोखरेल र नवराज खड्काको छायांकन रहेको यस टेलीश्रृंखलालाई सुरेश श्रेष्ठ र दुर्लभ श्रेष्ठले सम्पादन गरेका हुन् भने सहायक निर्देशन रेशम बुढाथोकीको रहेको छ ।

यो पनी हेर्नुहोस्

चर्चित कलाकारहरू रामचन्द्र अधिकारी, यादव देवकोटा (सरापे), राजु कमेडी (रेम्बो), नवराज भण्डारी, रेशम बुढाथोकी, पुजा गुरुङ्ग, रोजी बस्नेत, कृष्टी लिसरा, प्रतिक्षा भट्टरार्इ, सरू फूँयाल, मधु आचार्य, भुमिका तिमल्सिना, रन्जिता पाण्डे, उदित शर्मा, विक्रम लामा, शंकर रमन उप्रेती,जय कुमार थापा र बिरक खड्काको निकै नै राम्रो अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=NAmmhMV_7UQ


१० आश्विन २०७४, मंगलवार २३:१० मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्