Friday 15th December 2017

 

गरिबको जिवनमा परिवर्तन ल्याउने गरि राजनीतिमा सकृय हुन्छु : आईते लामा(सानुभाई)

सानुभाई लामा कपनका चर्चित युवा नेता हुन् । युवा परिचालनको हिसाबले र सामजिक अभियानमा उनको कृयाशिलताले लामालाई राजनीतिमा समेत अगाडि बढाएको छ । पशुपति शम्शेर नेतृत्वको राप्रपाका काठमाडौको प्रतिनिधिसभाको क्षेत्र नम्बर ४ का अध्यक्ष आईते लामा(सानुभाई) संग आशाका किरण मिडियाले गरेको छोटो कुराकानीको संपादित अंश :

के छ खबर?

ठिक छु ।

के मा ब्यस्त हुनुन्छ?

म पार्टी काम र विभिन्न सामाजिक काममा ब्यस्त छु ।

के छ तपाईं त पशुपति शम्शेर नेतृत्वको राप्रपामा हुनुन्छ काठमाडौ क्षेत्र नम्बर ४ मा के छ तपाईंको पार्टी को अवस्था ?

कमल थापा नेतृत्वकोराप्रपामा भन्दा हाम्रो पार्टीमा विषेश आकर्षण छ हामी मजबुद छौं ।

अब तपाईंको कार्ययोजना के छ ?

देशामा ठुलाठुला क्रान्ती भए अब देशलाई स्थाईत्व दिने दुबै चरणको निर्वाचनमा पार्टीलाई शशक्त बनाउन लाग्छु । जति ब्यवस्था बदले पनि गरि खानी गरिबको घरमा र जिवनशैलीमा परिवर्तन आउन सकेको छैन त्यसमा परिवर्तन ल्याउने गरि लाग्न पार्टी नेतृत्वलाई झकझकाउने गरि लाग्ने बिचार बोकेको छु ।

अन्त्यमा के भन्न चहानुहुन्छ ?

दशैं तिहार लगएतका सम्पुर्ण चाडको शुभकामना भन्दै यश चाडले आम नेपालीमा शुख शान्ति समृद्धि र समुन्नतिको ढोका खोलोस भन्न चाहान्छु र तपाईंको मिडियालाई केही कुरा राख्ने मौका दिएकोमा धन्यवाद दिन चाहान्छु ।

Published at: September 27, 2017 8:56 am

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro