Wednesday 18th October 2017

 

शिक्षामा नीतिगत सुधारको खाँचो छ : शिक्षा राज्यमन्त्री

maxresdefault

चितवन, ११ असोज (रासस) : शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अध्ययनपछि रोजगार पाउन सक्ने गरी शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले अध्ययन गरेका विद्यार्थी अनुत्तीर्ण नहुने गरी सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । बीचमा नै पढाइ छाडेकालाई स्वरोजगार शिक्षा दिने व्यवस्था गर्नुपर्नेमा उहाँको जोड थियो ।

शिक्षकको वृत्ति विकास विद्यार्थीको शैक्षिक उन्नतिसँग गाँसिनुपर्ने बताउँदै उहाँले राम्रो पढाउने शिक्षकलाई ग्रेड, बढुवा र पुरस्कृत दिनुुपर्छ भन्नुभयो । राज्यमन्त्री अधिकारीले भन्नुभयो “सधैँ विद्यार्थी फेल गराउने शिक्षकलाई निश्चित समय दिएर बिदा गर्नुपर्छ ।”

Published at: September 27, 2017 12:55 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro