Wednesday 18th October 2017

 

जिप दुर्घटनामा दुईजनाको मृत्यु

road-accident-1

ताप्लेजुङ, २३ असोज (रासस) : पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो ।

अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा परी उर्लाबारी–४ का २० वर्षीय अनिलजङ्ग थापा, २६ वर्षीय दिलीप घिमिरे र चालक इलाम निवासी अमित श्रेष्ठ घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भई सडकबाट झण्डै २०० मिटर तल खसेको थियो ।

Published at: October 9, 2017 2:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro