Friday 15th December 2017

 

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी

बनियानी, झापा, २६ अ:सोज (रासस)  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै दलालले रकम ठगी गरेपछि एक परिवारको बिचल्ली भएको छ ।

आफ्ना पति ओमनारायण राजवंशीलाई वैदेशिक राजगारीमा पठाइदिने भन्दै दलालले रु दुई लाख ८० हजार ठगी गरेपछि बिचल्ली भएको गौरीगञ्ज गाउँपालिका–१ की बबिता राजवंशीले बताउनुभयो । झापा पृथ्वीनगरका रोशन खतिवडाले आजाद भिसामा साउदी अरब पठाइदिने प्र्रलोभन देखाएर उक्त रकम लिएको बबिताले बताउनुभयो ।

“राम्रो कम्पनीमा काम लगाइदिने भनेपछि दुई कट्ठा जग्गा धितो राखेर ऋण लिएका थियौँ”, पीडित बबिताले रासससँग भन्नुभयो, “न विदेश पठायो न पैसा नै फिर्ता गरेको छ, धितो राखेको जग्गा पनि लिलाम हुन लागेको छ ।” ऋणका कारण आफूहरुलाई ठूलो आर्थिक संकट आइपरेको उहाँले सुनाउनुभयो ।

राजवंशी परिवारले रकम फिर्ता गराइदिन भन्दै निवेदन दिएको छ । बिर्तामोडमा मेनपावरको एजेण्टका रुपमा काम गर्दै आएका खतिवडा हाल दुबईमा रहेको बताइएको छ । उहाँकी श्रीमती रिमा श्रेष्ठ खतिवडाले पैसा तिर्न प्रयास गरिरहेको बताउनुभयो ।

Published at: October 12, 2017 4:41 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro