Tuesday 22nd May 2018

काँग्रेसको समानुपातिक सूची निर्वाचन आयोगमा

काठमाडौँ, २९ असोज (रासस) ः नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ ।

संविधानअनुसार संघीय संसद्का लागि ११० र प्रदेश सभाका लागि २२० को सूची दर्ता गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७÷१७, जनजाति पुरुष र महिला १६÷१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुईको सूची दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची तयार भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Published at: October 15, 2017 6:29 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..