गोकर्णेश्वर नगरपालिकाका निर्वाचित महिला सदश्यको वाम गठबन्धन जिताउने सर्वसम्मत निर्णय

admin
प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार १२:४१

गोकर्णेस्वर नगरपालिकाका निर्वाचित महिला सदश्यहरुको भेलाले वाम गठबन्धनका उम्मेदवार कृष्ण राई र रामेश्वर फुयाललाई जिताउने सर्वसम्मत निर्णय गरेको छ । जोरपाटीको लामा पम्प नजिक भएको भेलाले वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतले जिताउन लाग्ने निर्णय समेत गरेको छ ।भेलामा महिला नेत्री शान्ती श्रेष्ठ,तारा पुडासैनी लगाएतको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति काठमाडौकि सदश्य सन्नानी लामाका अनुसार सबै महिला सदश्यहरु वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्ने निर्णय भएको र अब वाम गठबन्धनको विजयलाई कसैको ताकतले रोक्न नसक्ने धारणा राख्नु भयो । काठमाडौ ३ मा प्रतिनिधि सभामा कृष्ण राई र प्रदेश सभा २ मा रामेश्वर फुयाल उम्मेदवार रहेका छन् ।


७ मंसिर २०७४, बिहीबार १२:४१ मा प्रकाशित

तपाईंको प्रतिकृया जनाउनुहोस्