Thursday 14th December 2017

 

काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो : गच्छदार

इनरुवा, ७ मसिंर (रासस) ः उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ ।

सुनसरीको दुहवीभलुवा नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रम उहाँले काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने दाबी गर्नुभयो ।

सुनसरी क्षेत्र नं ३ मा काँग्रेसका तर्फबाट उमेदवार रहनुभएका उपप्रधानमन्त्री गच्छदारले काँग्रेसको जित आफ्नो मात्र जित नभई सम्पूर्ण जनताको जित हुने बताउनुभयो । सो अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट काँग्रेसमा प्रवेश गरेकालाई उहाँले स्वागत गर्नुभएको थियो ।

Published at: November 23, 2017 9:39 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro