Tuesday 22nd May 2018

जिसस सप्तरीमा राजपा विजयी

राजविराज, ७ मंसिर (रासस) ः जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा) विजयी भएको छ ।

समितिको आज यहाँ सम्पन्न निर्वाचनमा राजपाका प्रभाकर यादव प्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उहाँले २० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनका भुपेन्द्र यादवले १६ मत प्राप्त गर्नुभयो ।

यस्तै समितिका उपप्रमुखमा संघीय समाजवादी फोरमका थानेश्वर यादवले २० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले बताउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सञ्जयकुमार पासवानले १६ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा राजपाकी लक्ष्मी देवी साफी, गीता कुमारी खंग, संघीय समाजवादीकी आशा देवी झा विजयी हुनुभएको छ । संघीय समाजवादी फोरम नेपालका बलदेव बाँतर यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ । यसैगरी राजपाका मो दाउद हुसेन, सलिम मियाँ र ओमप्रकाश यादव पनि सदस्यमा विजयी हुुनभएको छ ।

नौ नगरपालिका र नौ गाउँपालिकाका ३६ मतदाता मतदान प्रक्रियामा सहभागि भएका थिए । जिल्ला समन्वय समितिको नौ पदका लागि भएको निर्वाचनमा २१ जनाले उम्मेदवारी दिएकोमा चार जनाले फिर्ता लिएका थिए ।

Published at: November 23, 2017 10:12 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..