Thursday 14th December 2017

 

वामपन्थी गठबन्धनले दश वर्षमा समृद्ध नेपाल बनाउने

बैतडी, ७ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले वामपन्थी सरकार बनेपछि देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।

वाम गठबन्धनले आज बैतडीको बुठचौडीमा आयोजना गरेको चुनावी सभामा उहाँले वामपन्थी सरकारले दश वर्षभित्र समृद्ध मुलुक निर्माण गर्ने बताउनुभयो ।

नेता थापाले भन्नुभयो, “देश समाजवादतर्फ उन्मुख हुनु आवश्यक छ, समाजवादमा हरेक नेपालीको हकअधिकार र स्वतन्त्रता हुनेछ ।”

वाम गठबन्धन कसैका विरुद्ध नभएकाले कसैलाई त्रसित नहुन आग्रह गर्दै उहाँले वाम सरकार बन्ने बित्तिकै बेरोजगार नेपालीले रोजगारी पाउने विचार व्यक्त गर्नुभयो ।

Published at: November 23, 2017 10:14 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

ताजा समाचार

Exchange Rate

Nepali Patro