Tuesday 22nd May 2018

वाम गठबन्धनलाई जोरपाटीका ब्यवसायीद्वारा भब्य स्वागत(भिडियो)

जोरपाटीमा भएको बाम गठबन्धनको संयुक्त घरदैलोलाई आज भब्य स्वागत भएको छ । काठमाडौं ३ प्रतिनिधि सभा उम्मेदवार कृष्ण राई र सोही निर्वाचन क्षेत्रको प्रदेश २ का उम्मेदवार रामेश्वर फुयाललाई गोकर्णेश्वर ६ का स्वरोजगार ब्यवसायीले भब्य स्वागत गरेका हुन् । गोदावरी र सयपत्री फुलको माला बोकेर बसेका ब्यवसायी बाम गठबन्धनका उम्मेदवारहरुलाई स्वागत गर्न पाउँदा खुसी थिए । ब्यवसायी मध्यकी एक सीता गौतमले भनिन,`अस्थिर सरकारले देश बनेन अब म त वाम गठबन्धनलाई भोट हाल्ने हो र समृद्ध नेपाल बनाउने हो ।´ जोरपाटीमा भब्य स्वागत संगै उनीहरुले मत हाल्ने प्रतिबद्धता समेत ज्ञापन गरेका थिए । परम्परागत नेवारी धिमे बाजा सहित सुरु भएको घरदैलो गोकर्णेश्वर ६ को माथिल्लो भागमा चलेको थियो । चुनावी सरगर्मी बढीरहेको बेला देखीएको यस्तो उत्साहले वाम गठबन्धन बलियो स्थितिमा रहेको संकेत गरेको छ ।

हेर्नुस् भिडियो :

Published at: November 23, 2017 10:32 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

अरु समाचारहरु

समाचार


क्षेत्रीको अध्यक्षतामा केन्द्रीय समिति गठन

विराटनगर, ८ जेठ (रासस) : नेपाल प्रजातान्त्रिक पार्टीको आज सम्पन्न केन्द्रीय भेलाले रामचन्द्र क्षत्रीको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन … ..

एउटा गाउँपालिका तीन कर्मचारीको भरमा

–शरद शर्मा कैलाली, ८ जेठ (रासस) : कैलालीको विकट मोहुन्यालय गाउँपालिका तीनजना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । एकजना प्रमुख … ..

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) : नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै … ..