Tuesday 24th April 2018

कांग्रेस नेता जोशीलाई कारबाहीको सिफारिस

मंसिर २६, दमौली (तनहुँ) – नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

निर्वाचनमा विपक्षीलाई सहयोग पुर्याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले उहाँलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सोहि निर्णयका आधारमा नेता जोशीलाई कारबाहीका लागि काँग्रेसको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको हो ।

जोशीले वागी उम्मेदवार हाल्दा प्रस्तावक र समर्थक बसेका अरु दुईजनालाई समेत कारबाहीका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्यले बताए ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं। १ वाट वागी उम्मेदवारी दिने जोशी तथा उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्थलाई कारबाहीको लागि सिफारिस गरिएको हो ।

Published at: December 12, 2017 9:20 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु