Tuesday 24th April 2018

‘लोकतन्त्रका सच्चा हिमायती कम्युनिष्ट’

मंसिर २७, नेपालगन्ज – नेकपा (एमाले) का नेता शंकर पोखरेलले संविधान कार्यान्वयनको विशिष्ट शृंखला प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसँगै प्रारम्भ भएको बताएका छन् ।

प्रेस चौतारी, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सबै नागरिकलाई कुनै भेदभाव नगरेको नेपालको संविधानको संशोधनको औचित्य पुष्टि गर्ने तत्काल कुनै आधार छैन । अब मुलुकलाई विकास, समृद्धि र राजनीतिक स्थिरतातर्फ डोर्याउने प्रयास हुनुपर्छ ।”

“नेपालका कम्युनिष्टलाई अधिनायकवादी भन्नेहरुले अब बुझ्नु पर्छ, लोकतन्त्रका सच्चा हिमायती कम्युनिष्ट नै हुन् भनेर जनताले चुनाववाट प्रमाणित गरेका छन्” – नेता पोखरेलले भने ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले मुलुकको राजनीतिक विवाद समाधान गर्न अहिलेको निर्वाचन सफल भएकाले जनताको आदेशलाई बुझेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ भने ।

कम्युनिष्ट एकताको एजेण्डालाई चुनावबाट जनताले नै अनुमोदन गरिसकेकाले ढिलो, चाँडो एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने कुरामा शंका नगर्न पनि उनले आग्रह गरे ।

एक अर्को प्रश्नको जवाफमा उनले अब गठन हुने सरकारका सामु थुप्रै चुनौती भए पनि ठोस योजनाका साथ विकासका कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गरे ।

Published at: December 13, 2017 10:11 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु