Tuesday 24th April 2018

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् ।

प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित हुनुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्र्धामा उत्रिनुभएको थियो ।
यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनकी ज्ञानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस मगर, (ख)मा संघीय समाजवादी फोरम नेपालकी काशीमाया गुरुङ, प्रदेश नं २ (क)मा राप्रपाकी विष्णु खड्का, (ख)मा नेपाल दलित पार्टीकी मिठु परियार, प्रदेश नं ३ (ख)मा नेपाल दलित पार्टीकी कमला विक र राप्रपाकी धनुमाया कोइराला आचार्य पनि प्रतिस्पर्धी बन्नुभएको थियो ।

जिल्लाभर प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका सदस्यका लागि छ निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित ९५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

Published at: December 14, 2017 1:33 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु