Tuesday 24th April 2018

केब्स कप अन्तर कलेज फुटबल प्रतियोगिता आयोजना हुँदै

काठमाडौ-सुदर्शन बजगाई । टुसालमा रहेको कुमारी इङलिस बोर्डिङ स्कुलले अन्तर कलेज `6´ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।प्रतियोगिता पुस २६ देखि ३० गतेसम्म चाबाहिल तरकारी बजारको मैदानमा हुने केब्सका प्रधानाध्यापक मनोज प्रसाद भट्टराईले आशाका किरण मिडियालाई बताए । केब्स स्कुलका प्रधानाध्यापक भट्टराईका अनुसार विजेताले नगद रु २५,०००/- उप-बिजेताले रु १५,०००/- सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता नक-आउट आधारमा खेलाईने छ । प्रतियोगिताको तयारी तिब्र रुपमा भएको जानकारी केब्सका इसीए डिपार्टमेन्ट हेड शम्भु कार्कीले आशाका किरणलाई बताए । प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता रहने केब्स कलेजका भाइस पृन्सिपल सुरेस भट्टराईको दाबी छ । कार्यक्रमको मिडिया पार्टनर आशाका किरण डट कम र गोकर्णेश्वर अनलाइन रहेको छ । रजिस्ट्रेसनको अन्तिम म्याद २० पुस रहेको र टिम दर्ता चाबहिल चौर अथवा केब्स कलेज टुसालमा गर्न सकिने छ ।

Published at: December 14, 2017 8:47 pm

तपाईंको प्रतिकृया जनाउनुहोस्

Loading...

About Us

 

सत्य तथ्य समाचार जस्ताको तेस्तै प्रकाशन गरी समृद्धि, समुन्नत एवम समतामूलक समाज निर्माणमा कलम चलाई शुसाशनयुक्त  र भएरहित समाज निर्माण गर्ने युवा अभियान ।

अरु समाचारहरु